Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दलितभित्र पनि छुवाछुत समस्या

समाजमा विभिन्न शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचारसँगै विभेदका स्वरुप कायमै छन् । विधि स्वरुपमध्य एक हो जातीय विभेद । मान्छे सबै एउटै हौँ, जात दुई वटा मात्रै छन्ः महिला र पुरुष । त्यो पनि शारीरिक र मानसिक हिसाबले मात्रै भिन्न छौँ बाँकी सबै बनावट उही नै हो । तर किन मान्छे मान्छेलाई नै विभेद गरिरहेको छ रु काटे रगत सबैको रातो आउँछ मन चैँ किन कालो रु पेशाका आधारमा काम विभाजन गरिएको मात्र हो । तर गैरदलितले दलित भनिएकाको हातको पानी बार्ने समस्या अझै छ । जुन अमानवीय छ । हाम्रो समाजमा जातीय छवाछुत अन्त्य गर्न पहिला दलितभित्रको ब्राह्मणवाद पनि समस्या बनेको छ । अर्थात् यो पराकाष्टा हटाउन जरुरी छ । दलितभित्रको ब्राह्मणवाद हटाउन कसैको ध्यान गएको देखिँदैन । दलितभित्र पनि विभेद र छवाछुत प्रथा कायम छ । एक दलितले अर्को दलितको हातको पानी नखाने विश्वकर्माले परियारको हातको पानी नखाने समस्या अझै देखिन्छ । यस्तै, परियारले भूलको हातको र भूलले वादीको हातको पानी नचलाउने प्रथा समाजमा अझै देखिन्छ । दलितभित्र पनि ब्राह्मणवाद हाबी भएको छ । दलित ले अर्को दलितसँग पानीमा समेत बार्ने गरेका छन् । एकले अर्को जातको अस्तित्व नस्वीकार्ने कसंस्कृती र कुसंस्कारले विभेद अरु झांगिएको छ । दलितभित्रै उपजातीहरु छन् । उनीहरुभित्र पनि एक जातिले अर्को जातिको अस्तित्व स्वीकार्न नसकेको अवस्था छ । विभेद गरिरहेका छन् । जातीय विभेद अन्त्यका लागि पहिला दलितभित्रकै छुवाछुत अन्त्य जरुरी छ । नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जात, जाति, वर्ण वा धर्मका आधारमा छवाछुत गर्न नपाइने व्यवस्था गरिएको छ । यदि गरिएको खण्डमा कानुनी आधारमा दण्डित गरिनेछ । जातीय विभेदका मुद्दा खासै आएको पाइएको छैन । किन मान्छे आफैँ अन्याय सहँदै आएको छ रु किन आफूमाथि भएको अत्याचार र थिचोमिचोमा प्रहार गर्न सकिरहेको छैन रु यो पनि विभेद नै हो । संविधानमा लेखेर मात्रै विभेद अन्त्य हुँदैन । अन्त्य गर्ने तपाईं हामीले नै हो । दलित–गैरदलितले हामीलाई हेपे अन्याय गरे भनिरहँदा दलितले दलितलाई तल्लो र माथिल्लो जाति भनेर हेपिरहेकोे अवस्था छ भने कसरी हुन्छ उन्मूलन जातीय छवाछुत रु त्यसैले दलितभित्रै ब्राह्मणवाद हटाउन आवश्यक छ । निश्चित सम्प्रदायका मानिसले अरु आभिजातीय मानिसलाई छुन नहुने प्रथा हो जातीय विभेद । यो प्रथा सामाजिक कुरिती हो । यसको अन्त्य गर्न हामीले सोचाइमा सकारात्मक परिवर्तन मात्र होइन, व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । त्यसका लागि शुरुवात आफैँबाट गरौँ । घर, परिवार र समाजबाट आरम्भ गर्नु पर्छ अनिमात्रै हामीले यस्ता सामाजिक कुप्रथा निर्मुल पार्दै समुन्नत समाज बनाउन सक्छौँ । दलितमाथि गैरदलितले गरेको छवाछुत मात्रै देख्ने आँखा किन दलित–दलितबीच छवाछुत देख्दैन रु जातीय विभेद अन्त्य हुनुपर्छ । एकले अर्कालाई अन्याय, अत्याचार गर्नु हुँदैन । मान्छे एउटै हो । फरक कोही हुँदैन । कुकुरलाई भित्र राख्ने समाज मान्छेलाई बाहिर राख्छ । कुकुरलाई च्यापेर बस्ने समाज मान्छेलाई छिःछिः र दूरदूर गर्छ यो । के समानता हो रु दलितभित्र पनि यस्तो देखिन्छ । त्यसैले दलित र गैरदलित सबै मिलेर जातीय विभेद अन्त्य गरौँ । हामी नेपाली, हाम्रो जात नेपाल । सोच परिवर्तन गरौँ, सफा–सुन्दर समाज निर्माण गरौँ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies