Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

साउदीमा २४ औ जनयुद्द दिवसको कार्यक्रम भव्य रूपमा सम्पन्न

साउदि । प्रवासी नेपाली एकता मंच साउदी अरबले रियादमा २४ औ जनयुद्द दिवसको कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । जनयुद्ध दिवस सगै प्रवासी नेपाली एकता मंच रियाद छेत्रीय कमिटीको निर्माणगर्दै सम्पुर्ण प्रवासमा रहेका प्रगतिशील मजदुर हरुलाइ एक ठाँउमा एकीकृत हुन आह्वान गरेको छ। ज्ञात अज्ञात शहिदहरू प्रति मौन धारण गरी अगाडी बढाईएको कार्यक्रमलाई २४ औ जनयुद्द दिवसको अवसरमा २४ वटा मैनबत्ती बालेर दिप प्रज्वलन समेत गरिएको थियो । मंचका संयोजक शिवराज जैसीको अध्यक्षतामा र सचिब राजु खनालको संचालनमा सम्पन्न भएको भेलाले सेतीराम कुवरको संयोजकत्वमा १७ सदस्यीय रियाद क्षेत्रीय समिती गठन गरिएको छ । जसको सचिबमा बिल्टु मुखिया र आर्थिक संयोजकमा जाहेर आलम रहेका छन् । यसैगरी सदस्यहरुमा जनक बस्नेत,सूर्यबहादुर राई,रबिन शुब्बा,करण श्रेष्ठ, बिष्णु घिमिरे,नारायण अधिकारी, मौसम अधिकारी,खुमबहादुर पुन मगर, धन बहादुर बिक, कृष्ण नेपाली, पूर्ण शारु मगर, राज यात्री,राजेन्द ढुंगेल र रिशिधन नेपाली रहेका छन । नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई मंचका केन्द्रीय सदस्यहरु कमल महत, परशुराम मिश्र, कमल शाही, राजेन्द्र खत्री,बाबुलाल बुढा, अमर श्रेष्ठ अनिल बिक,कृष्ण कार्की, भुपाल तामाङ , महिला सदस्य अम्बिका सापकोटा लगायतले शुभकामना मन्तब्य दिएका थिए । वक्ताहरुले नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा प्रष्ट पार्नुका साथै आफ्नो जोश, जांगर र उत्साहलाई निरर्थक खेर नफाली संगठनमा आबद्द भई राष्ट्र निर्माणका लागि सक्दो योगदान गर्न सबै आ आफ्नो क्षेत्रबाट जिम्मेवारी बोध गरि एक ढिक्का हुदै अघि बढ्न प्रबासी नेपाली एकता मंच साउदी अरबमा आबद्द हुन समेत आग्रह गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies