Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महानायक राजेश हमाल सहित यी ११ व्यक्तिलाई 'शान्ति तथा मानवता' अवार्ड प्रदान

काठमाडौँ। बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाडौंको होटल र्‍याडिशनमा आयोजना भएको कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो। फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाइ उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सीइओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा अघि बढाउन ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशे ढुंगा सावित हुने बताए । साथै नेपाली समाजमा यथावत रहेको आर्थिक, सामाजिक असमानता हटाउनुपर्नेमा जोड दिंदै उनले प्रत्यक बर्ष नेपालका ५ जना बालबालिकालाई छात्रवृत्ति दिने घोषणा समेत गरे । कार्यक्रममा फिलिपिन्सकी राजकुमारी टोरेसले शान्ति र मानवता सबैले आत्मसात गर्न सके मात्र यसले दिगो रुप लिने बताउँदै शान्ति र मानवताको क्षेत्रमा योगदान दिन महात्मा गान्धी र मदर टेरेसाको जस्तै कार्य गर्नुपर्ने भ्रम चिर्नुपर्ने बताए । महानायक राजेश हमाल नेपालमा यस्तो सम्मेलन आयोजना हुनु गर्वको बिषय रहेको बताउदै जुनसुकै क्षेत्रमा आबद्ध भएका व्यक्तिले मानवतामा जोड दिएर अघि बढ्नुपर्ने औंल्याउदै शान्ति र मानवताले नै मानिसलाई लामो समयसम्म अस्तित्वमा राख्ने बताए । उक्त सम्मेलनमा माईकल ज्याक्शन फाउण्डेशन, नेल्शन मण्डेला फाउण्डेशन र उहाँहरुको परिवारसँग निकट रहि एडभेन्चर ह्युमानिटी नामक संस्था सञ्चालन गर्दै आएको र क्यान्स फिल्म फेस्टिभल फ्रान्सको अन्तर्राष्ट्रिय संयोजक रिचर्ड निल्शन, स्वर्गीय माईकल ज्याक्शनका अर्को अवतार भनि प्रसिद्धि कमाएका अन्तर्राष्ट्रिय कलाकार मसाकी माईकल, कम्बोडियाका प्रधानमन्त्रीका सल्लाहकार डा। साम दरा, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेनाथ लगायतको सहभागिता रहेको कार्यक्रममा मसाकी माईकल लगायत तिरुपाती बोर्डिंग स्कुलका बिद्यार्थीको समेत दमदार प्रस्तुति रहेको थियो। कार्यक्रममा गायक मिंग्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात बिष्ट, सामाजसेवी गेसे सोनाम वान्ग्चेन, अन्तराष्ट्रिय प्रस्तोता मसाकी माइकल, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेना, क्यानस फिल्म फेस्टिभलका अन्तराष्ट्रिय संयोजक तथा ुएडभेन्चर अफ हुम्यानीटिु का संस्थापक अध्यक्ष रिचार्ड निल्सन तथा फिलिपिन्सकि राजकुमारी मारिया लियोनेरा टोरेस लाई समेत शान्ति ताहा मानवता अवार्ड प्रदान गरिएको थियो। साथै शान्ति र मानवताको क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न कलाकार, समाजसेवी तथा खेलकुद क्षेत्रका हस्तीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies