Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष प्रचण्ड आफ्नो आदरणीय र बुद्धिमान नेता भएको बताएका छन्। प्रचण्डसँग आफ्नो राम्रो सम्बन्ध भएको र बीचमा खेल्न खोजिएको पोखरेलले संकेत गरेका छन्। एउटा टेलिभिजन अन्तर्वार्तामा पोखरेलले भनेका छन्, ‘प्रचण्ड मेरो आदरणीय अध्यक्ष हो, उहाँको निवासमा म जान्छु, सञ्चो बिसञ्चोमा सँगै छु, उहाँहरु मेरो निकै राम्रो सम्बन्ध छ। कसले हल्ला गरिराख्या छ, म बुझ्दिनँ । हाम्रो मन र मत दुवै मिलेको छ। यसमा अनावश्यक हल्ला जरुरी छैन।’ पोखरेलले थपे, ‘प्रचण्ड भनेको सुझबुझ भएको अत्यन्तै बुद्धिमान नेता हो। म उहाँलाई आदर गर्छु। प्रचण्ड कमरेडले सधैं सरकारको प्रतिरक्षा गरिरहनुभएको देख्छु। अहिले प्रधानमन्त्री फेर्नबारे कुरा गर्ने बेला भएको छैन। सरकारबारे पार्टीले आवश्यक निर्णय गर्ला, यो मैले भन्ने कुरा होइन। सरकार र सरकारको भविष्यबारे कुनै अलमल छैन।’ भेनेजुयला प्रकरणबारे पोखरेलले थपे, ‘भेनेजुयला प्रकरणमा नेकपा चुकेको छैन। नेकपाको सचिवालयले भेनेजुयलाबारे आधिकारिक वक्तव्य जारी गरेको छ, त्यही आधिकारिक हो। प्रचण्डको वक्तव्यअनुसार नै सचिवालयको बैठक आएको हो। भेनेजुयलाबारे पार्टीमा कुनै विवाद छैन। सचिवालयले बोल्यो, सकियो।’ रक्षामन्त्री पोखरेलले भने, ‘प्रचण्ड मेरो आदरणीय अध्यक्ष हो। मैले दुवै अध्यक्षलाई सम्मानका साथ हेर्छु। २ जना अध्यक्षहरुले बडो सुझबुझका साथ पार्टी अगाडि बढाइरहनुभएको छ। कुनै पनि कम्युनिष्ट पार्टीका नेता आवेग उत्तेजनामा चल्दैनन्। हामी स्वतन्त्र देश हौं, हाम्रो आफ्नै परराष्ट्र नीति छ। सरकार र पार्टीको सचिवालयको निर्णय हाम्रो परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिअनुसार नै आएको हो, यसमा भ्रममा नपरौं।’ पार्टीको महाधिवेशन र नेतृत्वबारे नेता पोखरेलले भने, ‘महाधिवेशनको विषयमा त्यतिबेलै खुला छलफल गर्छौं। परिस्थिति, माग र सन्दर्भअनुसार नेतृत्वमा छलफल होला। प्रचण्ड र माधव नेपाल मभन्दा धेरै सिनियर नेताहरु हो, नवौं महाधिवेशनमा एमालेमा निर्वाचन भयो, त्यही भर्टिकली विभाजन गर्‍यो। तर, हामीले मिलायौं। फेरि पनि सहमतिमै मिलाउँछौं। महाधिवेशनको नेतृत्वबारे हामी त्यतिबेला नै वैज्ञानिक निर्णयमा पुग्छौं ।’ पार्टी एकताको प्रक्रियाबारे उनले भने, ‘पूर्ण भन्ने चीज कहीँ पनि हुँदैन। पार्टी एकता पनि पूर्ण भइसक्यो भन्ने छैन। तर, हामी त्यसैका लागि प्रयासरत छौं। हामीले हिजो आफ्नै अभ्यास गरेका छौं, त्यसका केही अवशेष छन्। तर, हामी नारायणी भइसक्यौं। हामी त्रिशुली र सेती छैनौं। फेरि सेती, फेरि गण्डकी हुन सम्भव छैन। हामी महासागर भइसक्यौं।’ सरकारको एक वर्षे कार्यकाल उपलब्धिमूलक भएको पोखरेलले बताए। उनले भने, ‘नेपालमा संविधानसहित ३३९ कानून छन्। हामीले प्रणाली परिवर्तन भएको राजनीतिक घोषणा गर्‍यौं, संवैधानिक घोषणा गर्‍यौं, अब कानूनी घोषणाको प्रक्रियामा छौं। फागुन २० सम्म सबै कानून बनाइसक्छौं, सकेनौं भने विशेष व्यवस्था गर्छौं।’ सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतामा रहेको उनले दावी गरे। पोखरेलले भने, ‘सन् २०१७ को भ्रष्टाचारको आँकडा प्रस्तुत गरेर सरकारमाथि आक्रमण गरियो। त्यो ओली सरकारका पालामा भएको कुरा होइन। प्रधानमन्त्रीले शून्य सहनशीलताको नीति लिनुभएको छ। भ्रष्टहरु कार्वाहीको दायरामा पनि आएका छन्। यसलाई हामीले सकारात्मक रुपमा पनि हेरौं।’ वाइडबडी प्रकरणबारे पोखरेलले भने, ‘तपाईजस्तो पत्रकारले भ्रष्टाचारको खास कुरा बुझ्नुभएन। वाइडीबडीलाई पनि पूर्वाग्रही ढंगले व्याख्या गरियो। शेरबहादुरजीले भनेअनुरुप नै हामीले छानविन समिति बनाएका छौं। तपाईहरुले यसको श्रृङ्खलावद्ध अनुसन्धान गर्नुस्। कांग्रेसले न्यायिक आयोगको माग गर्‍यो, हामीले त्यहीअनुरुप आयोग बनायौं।’ उनले थपे, ‘वाइडबडी प्रकरणमा अहिले शेरबहादुरजी र अरु नेताहरु पनि मौन हुनुहुन्छ। यसको कारण अलि गहिरो देख्छु। उहाँहरु आयोगमा सहमत भएर हो कि अरु रहस्य छ ? छानविन आयोगले जे प्रतिवेदन दिन्छ, हामी त्यहीअनुरुप कार्वाही गर्छौं। मन्त्री मात्र नभएर महामन्त्री भए पनि कार्वाही हुन्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies