Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नायक प्रदीप खड्का र जसिता 'लभ स्टेशन'को लागि भियतनाममा जम्दै

काठमाडौं। चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत \'घाम जुन चाहिँदैन...\'को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन...उपहार दिएको बताएका छन् । आगामी २२ चैतबाट सिनेमा हलमा रिलिज हुने यो लभ स्टेशनको घाम जुन चाहिँदैन...को भिडियो बुढा सुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । यो गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ...भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् । छायाँकनको हिसावले गीतको भिडियो निकै सुन्दर बनेको छ । छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मूभिहरु छायाँकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको पनि शाहीले जानकारी गराए । यसै बिषयमा अभिनेता प्रदीप खड्काले आज भ्यालेन्टाईन डे र यो गीत पनि लभ सङ भएकाले दर्शकलाई प्रणय दिवसको अबसर पारेर रिलिज गरेको जानकारी गराए । रिलिजको लागि अब ५१ दिन बाँकी भएकाले पनि प्रचारको क्रम यही गीतबाट सुरुवात गरिएको पनि उनले प्रकाश पारे । यो पारिवारिकसँगै प्रेम कथासँगै ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए । अग्रज निर्देशक उज्ज्जल घिमिरेले बनाएको यो चलचित्र परिपक्क बनेको पनि उनले बताए,‘लिली बिलीबाट दर्शकले साह्रै मायाँ गर्नु भएको जसिता र मेरो जोडीलाई एक पटक पुन उहाँहरुले लभ स्टेशनबाट त्यो भन्दा सार्थक रुपमा पर्दामा यहाँहरुले देख्न पाउनु हुनेछ ।’ यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies