Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रेमका ९ वैज्ञानिक फाइदा

भ्यालेन्टाइन डे अधिकांश जोडीका लागि यो एउटा माया साटासाट गर्ने वा प्रेम प्रस्ताव राख्ने वार्षिक पर्व हो। यसको अर्थ यो होइन कि वर्षमा एकपटक जोडीले माया गर्नुपर्छ। माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ। आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ। विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ। यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ। डिप्रेसन जित्ने शक्ति माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरुका अनुसार मायाले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्‍याउँछ। शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँछ। कमजोरीबाट टाढै राख्छ अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ। यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन्। रक्तचाप घटाउँछ एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ। तनाव घटाउँछ मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ। यसबाहेक तपाई खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ। उपचार छिटो हो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ। अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो। नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ। निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ। दीर्घायुको अवसर विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन्। मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्काेलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ। शारीरिक तन्दुरुस्ती सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ। मासिक धर्म नियमित माया र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ। प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो। तसर्थ आफ्नो मासिक धर्मलाई नियमित गरी स्वस्थ जीवन बाँच्ने हो भने आजैदखि सुमधुर सम्बन्ध राख्ने कि?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies