Khabar Dabali Logo
  April 25, Thu

मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधन हुन्छः अध्यक्ष प्रचण्ड

सिराहा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं ।’

उहाँले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए। ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उनको भनाइ थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ अध्यक्ष प्रचण्डले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ ।

सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’ धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । ‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ’ उनले भने, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागी परेको अध्यक्ष प्रचण्डको भनाइ थियो

माघ २८ गते, २०७५ - १८:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक, के के भयाे निर्णय

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक, के के भयाे निर्णय

काठमाडौं । नेपाल सरकारले नेपाली सेनालाई बारा र पर्सामा हावाहुरी पीडितका क्षतिग्रस्त घर निर्माणका...   
श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडिओ...   

उपराष्ट्रपति पुनले पाए राष्ट्रपतिको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य...   
योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा चालू आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा...   

हेमन्तप्रकाश वलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

ललितपुर । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोट प्रकरणमा पक्राउ परेका नेत्रविक्रम...   
केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

काठमाडाैं । पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जिल्ला अध्यक्ष र सचिवकाे...   
फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन...   
नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका...   

अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top