Khabar Dabali Logo
  April 22, Mon

प्रदेशले हचुवा र पहुँचका भरमा योजना छनोटको गरेको आरोप

गुल्मी। आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् । उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन गरिने कार्यक्रममा भौगोलिक सन्तुलन नमिलेको, प्रदेशले स–साना योजना छान्ने गरेको, विधिसम्मत रुपमा योजना तलबाट छानेर माथि जानुपर्ने अवस्थामा पहुँचको आधारमा सोझै माथिबाट योजना छान्ने परिपाटी गलत भएको उनीहरुले टिप्पणी गरेका छन् ।

जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा जिल्लाका १२ वटा स्थानीय तहका जनप्रतिनिधिसहितको उपस्थितिमा जिल्लास्थित विकाससँग सम्बन्धित कार्यालयले आव २०७५÷७६ मा सञ्चालन गर्ने कार्यक्रमको जानकारी एवं प्रगति समीक्षा कार्यक्रममा प्रस्तुतीकरणपछि प्रतिक्रिया दिँदै जनप्रतिनिधिले उक्त कुरा बताएका हुन् ।

उनीहरुले सङ्घ र प्रदेशबाट सञ्चालन गरिने कार्यक्रमको स्थानीय तहले अनुगनम गर्ने व्यवस्था मिलाउनु पर्ने, ससाना योजना प्रदेश मन्त्रालयमा गएर सम्झौता र फरफारक गर्न समस्या हुने गरेको, जिल्लामा स्थापना भएका कार्यालयमा आवश्यक जनशक्तिको अभाव भएको, जिल्लामा पशुसेवाको लागि हालसम्म पनि विशेषज्ञ सेवा उपलब्ध नभएको कारण किसानले समस्या झेल्नुपरेको, डिभिजन वनका सव–डिभिजन कार्यालय सबै स्थानीय तहमा स्थापना गर्नुपर्ने भन्दै त्यस्ता विषयलाई तत्कालै समाधान गर्नका लागि पहल गरिदिन सङ्घ र प्रदेश सरकारका प्रतिनिधिलाई आग्रहसमेत गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले जिल्लाका प्रदेशसभा सदस्यको प्रत्यक्ष सहभागितामा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलाई एकै ठाउँमा राखी सङ्घ र प्रदेशबाट सञ्चालित योजना तथा कार्यक्रम कुनकुन स्थानीय तहमा के कसरी समावेश गरिएको छ भन्ने जानकारी गराउन यस्ता प्रकारका कार्यक्रम निकै प्रभावकारी हुने गरेको बताए ।

कार्यक्रममा मदन भण्डारी लोकमार्ग, पूर्वाधार विकास, सिँचाइ, डिभिजन वन, भू तथा जलाधार, खानेपानीलगायतका १९ सङ्घ र प्रदेशस्तरीय कार्यालयका प्रमुखले स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्ना कार्यालयको प्रगति प्रस्तुतीकरण गरी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

माघ २८ गते, २०७५ - १५:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

काठमाडाैं । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना...   

अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम भएको छ – महानिरीक्षक खनाल

काठमाडौँ। नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा विसं २०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले...   

यस वर्ष बृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमबार पार्टी...   

भारी मतान्तरले हास्य कलाकार जेलेन्स्की राष्ट्रपतिमा विजयी

किभ। युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका...   

५.७ म्याग्नीच्यूडको भूकम्पको धक्का

मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र...   
काँग्रेसले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ – प्रधानमन्त्री ओली

काँग्रेसले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ – प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसका धेरै नेताहरु राजतन्त्र...   

श्रीलंका बिस्फोटमा दुई भारतीय सांसदको मृत्यु, पाँच नेता बेपत्ता

एजेन्सी ।आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिएका भारतीय सञ्चारमाध्यमहरूले...   

पेटको स्वास्थ्य जाँच गर्न राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज गएकि छिन् । अस्पतालका...   
नेकपाका जिल्ला नेतृत्वको सुची बाहिरिएलगतै माधव नेपाल किन बाहिरिए ?

नेकपाका जिल्ला नेतृत्वको सुची बाहिरिएलगतै माधव नेपाल किन बाहिरिए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिए लगतै वरिष्ठ नेता माधव कुमार...   
प्रचण्डले कार्यकर्ताहरूसँग माफी माग्दै भने – मुख्य गाँठो फुक्यो अब अरु सजिलै फुक्छ

प्रचण्डले कार्यकर्ताहरूसँग माफी माग्दै भने – मुख्य गाँठो फुक्यो अब अरु सजिलै फुक्छ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी एकताको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top