Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

के तपाईँ ट्राफिकको आँखा छल्दै हुनुहुन्छ ? ख्याल र्गनुस् ! अब इण्टरनेटबाटै सवारी जाँच हुन्छ

बाँके। अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । तपार्इँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईँ ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुनेछैन । ट्राफिक पुलिसले यसका लागि सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । ट्राफिकले आफ्नो क्षमतामा विकास गरी डिजिटाइजेशन माध्यमद्वारा सवारी साधन र चालकलाई निगरानी गर्नेछ । यो एप्सले तपाईँले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो कि भएन भन्ने लगायत जानकारीसँगै चालकको तस्वीरसहितको सबै कुराको अभिलेख राख्नेछ । नियम पालना गर्नुभएको छैन भने एप्स जानकारी दिनेछ र सोही आधारमा सवारी चालकलाई कारवाही गरिनेछ । यदि कारवाहीबाट बच्न तपाईँ चाहनुहुन्छ भने ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशन पालना गर्नुपर्ने हुन्छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ आइतबारदेखि सञ्चालनमा ल्याएको छ । एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङग्वेजको एण्ड्रोइड भर्सनमा विकास गरिएको उक्त एप्स पहिलो चरणमा बाँकेको कोहलपुर, नवलपुरको भूमही, काठमाडौँको नागढुङ्गा र सर्लाहीको कमैयामा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । लामो दूरीका क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा लागू हुने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीबाट ‘ट्राफिक कम्युनिकेशन एप्स’को औपचारिक उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो । एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई चालक राखिने हुँदा दुर्घटनामा कमी आउने उनको विश्वास छ । “लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनले चालक परिवर्तन भए नभएको जानकारी दिने र दुर्घटना न्यूनीकरणमा समेत उपयोगी हुने हामीले विश्वास गरेका छौँ”, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इण्टरनेटको सर्भरमा राखिनेछ, यात्राका क्रममा विभिन्न पोष्टमा जाँच गरिनेछ, सो क्रममा उही चालक भेटिएमा कारवाही हुनेछ ।” ‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एप्समार्फत सवारी साधन र चालकको निगरानी हुने भएकाले सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे । यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीका सवारी साधनमा दुई सवारी चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीले कार्यान्वयन गर्न भने आनाकानी गरिरहेका थिए । एप्स सञ्चालनमा आएसँगै लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित हुने विश्वास गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुणकुमार पौडेलले अब सवारी चालकले नियम मिच्न नपाउने भन्दै यसले दुर्घटना न्यूनीकरणमा सहज हुने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies