Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

परिसङ्घ र महासङ्घबीच सहकार्यकालागि समझदारी

काठमाडौँ। नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घबीच सहयोग र सहकार्यका लागि आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । परिसङ्घका तर्फबाट अध्यक्ष गुणराज ढकाल र महासङ्घका तर्फबाट अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरेको उक्त समझदारीपत्रअनुसार ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको पहँुच विस्तारमा जोड दिइने उल्लेख छ । ग्रामीण तथा बजार क्षेत्रमा ऊर्जाको विस्तार, ऊर्जामा आधारित लघु उद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट ग्रामीण क्षेत्रको अभाव कम गर्न दीर्घकालीन कार्यक्रमका लागि समेत साझेदार बन्न सक्ने बताइएको छ । नेपालभरिका गाउँपालिकामा नवीकरणीय ऊर्जाका प्रविधिहरुको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक ऊर्जाको पहुँच पु¥याई गरिबी निवारण गर्ने गतिविधिमा टेवा पु¥याउन दुई निकायबीचको संस्थागत सहकार्य गर्नका लागि मार्गप्र्रशस्त गर्नेछ । राष्ट्रिय प्रशारणको विद्युत् सुविधा पुग्न नसकेका ग्रामीण क्षेत्रका महासङ्घसँगको सहकार्यमा लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, वायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जाका स्रोतहरुको विकास गरी विपन्न जनतामा आधुनिक ऊर्जाको भरपर्दो सेवा विस्तार गर्न सकिने परिसङ्घका अध्यक्ष ढकालले बताए । परिसङ्घले सङ्घीय, प्रादेशिक सरकारहरुलगायतका सम्बन्धित निकायमा नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकास सम्बन्धमा नीति निर्माण, कार्यक्रम र आयोजनाहरु तर्जुमा गर्दा र सामुदायिक संस्थाहरु, निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग साझेदारी गरी ऊर्जाको सुलभ र भरपर्दो उपलब्धताका साथै ऊर्जाको माध्यमबाट आयआर्जन गर्न गराउन वकालत गर्दै उपयुक्तरुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies