Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सरकारले राम्रो काम गर्न थालेपछि विरोधीहरु आत्तिए – पर्यटनमन्त्री अधिकारी

काठमाडौँ। सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएको हो । सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताए । उनले भने, “हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।” नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उनले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने बताए । पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कठिनाइ नहुने उल्लेख गरे। भ्रमण वर्षलाई सार्थक तुल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्सलाई० को प्रगति र प्रभावकारिताबिना मुलुकको पर्यटन उद्योग अगाडि बढ्न नसक्ने भन्दै उनले निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने पथप्रदर्शकको पनि जिम्मेवारी भएकाले आफूले सिकेका ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गरे । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन उद्योगमा दक्ष जनशक्तिको माध्यमबाट प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन नयाँ पुस्ताका प्रदर्शकको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। टानका अध्यक्ष नवराज दाहालले मुलुकको पदयात्रा पर्यटनमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताए। ७३४लाई पथ प्रदर्शक तालीम पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ७३४ लाई पथ प्रदर्शक सम्बन्धी तालीम दिइएको थियो । पर्यटन उद्योगमा आउन चाहने र यस क्षेत्रमा लागेकाको थप क्षमता अभिवृद्धि गर्न तालीम सञ्चालन गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies