Khabar Dabali Logo
  August 22, Thu

अब आप्रवासी कामदारको निःशुल्क बीमा गरिदिने

बैतडी । पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ ।

“काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भने । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज  (रुडेस)( तथा अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो । यस्तै दशरथचन्द नगरपालिकाले समेत भारत जाने कामदारको निःशुल्क बीमा गर्न थालेको छ ।

रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले पहिलो चरणमा सहकारी संस्थामा आवद्ध परिवारका सदस्य मजदुरी गर्न भारत गएमा बीमा गर्ने गरिएको बताए । उदयदेव महिला बचत तथा ऋण सहकारी पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी सिद्धपुर, शिखर बीउ प्रवद्र्धन सहकारी मुस्याचोर र निङ्लाशैनी बचत तथा ऋण सहकारी देहीमाण्डौँमा आवद्ध परिवारका सदस्यको बीमा गर्न थालिएको छ । ‘एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’सँग मिलेर बीमा गर्ने गरिएको छ ।

“आप्रवासी कामदारको बीमाको किस्ता रुडेस र नगरपालिकाले तिर्ने गरेका छौँ”, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले भने, “भारत जाने नागरिकको बीमा गर्ने चलन नभएकाले दुर्घटनामा परेपछि समस्या हुने गरेको थियो । रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परे सजिलोहोस् भनेर बीमा गर्न थालेका हौँ ।”

माघ २८ गते, २०७५ - १४:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा नेता नेपालको प्रस्ताव अस्विकार, बामदेव गौतमले भने – पार्टीमा विवादको अवस्था छैन

नेकपामा नेता नेपालको प्रस्ताव अस्विकार, बामदेव गौतमले भने – पार्टीमा विवादको अवस्था छैन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि...   
कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न समाजवादी पार्टीका संघीय परिषद्...   

एसिया कपका लागि नेपाली टिमको घोषणा, को–को परे ?

काठमाडौं । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न...   
मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

चेङ्दु । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या...   

१८ महिनापछि प्रचण्डलाई पार्टी अध्यक्षता गर्ने बाटो खुल्यो

काठमाडौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारका लागि सिंगापुर...   

१९ वर्षीया कलेजकी छात्रा बलात्कार गर्नेलाई मृत्युदण्ड

वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा...   
गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को...   
राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका...   

सोलुखुम्बु केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा...   

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top