Khabar Dabali Logo
  April 22, Mon

संविधान संशोधनको पक्षमा अध्यक्ष प्रचण्ड

सिराहा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उनले भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं ।’

उहाँले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए ।

‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उनको भनाइ थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ अध्यक्ष प्रचण्डले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’

धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उहाँले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । ‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ’ उनले भने, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागी परेको अध्यक्ष प्रचण्डको भनाइ थियो

माघ २८ गते, २०७५ - १३:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

कृषि मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन गर्दै, प्रधानमन्त्रीले उद्घाटन र अध्यक्ष प्रचण्डले समापन गर्ने

काठमाडाैं । कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक बिज्ञ सम्मेलन आयोजना...   

अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम भएको छ – महानिरीक्षक खनाल

काठमाडौँ। नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा विसं २०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले...   

यस वर्ष बृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमबार पार्टी...   

भारी मतान्तरले हास्य कलाकार जेलेन्स्की राष्ट्रपतिमा विजयी

किभ। युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका...   

५.७ म्याग्नीच्यूडको भूकम्पको धक्का

मनिला । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र...   
काँग्रेसले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ – प्रधानमन्त्री ओली

काँग्रेसले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ – प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसका धेरै नेताहरु राजतन्त्र...   

श्रीलंका बिस्फोटमा दुई भारतीय सांसदको मृत्यु, पाँच नेता बेपत्ता

एजेन्सी ।आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिएका भारतीय सञ्चारमाध्यमहरूले...   

पेटको स्वास्थ्य जाँच गर्न राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज गएकि छिन् । अस्पतालका...   
नेकपाका जिल्ला नेतृत्वको सुची बाहिरिएलगतै माधव नेपाल किन बाहिरिए ?

नेकपाका जिल्ला नेतृत्वको सुची बाहिरिएलगतै माधव नेपाल किन बाहिरिए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिए लगतै वरिष्ठ नेता माधव कुमार...   
प्रचण्डले कार्यकर्ताहरूसँग माफी माग्दै भने – मुख्य गाँठो फुक्यो अब अरु सजिलै फुक्छ

प्रचण्डले कार्यकर्ताहरूसँग माफी माग्दै भने – मुख्य गाँठो फुक्यो अब अरु सजिलै फुक्छ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी एकताको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top