Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै

बर्दिवास। गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन । विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुने कुराले रेल चढेरै मेला हेर्न जाने कुराले फुरुङ्ग परेकि इजोतीयाको खुशी रेल चल्ने कुरा अनिश्चित हुँदा नटिकेको हो । “गेल अगहनमें विवाहपञ्चमी मेलामें जयनगर सऽ कुर्थातक रेल चलवा’क स्वरगुल मच्चल छल” ९गत मङ्सिरमै विवाहपञ्चमी मेलामा जयनगरबाट कुर्थासम्म रेल चल्ने हल्ला चलेको थियो) उमेरमा ५० वर्ष कटेकी सहनीले बस्तीमै पुगेका सञ्चारकर्मीसँग भने, “मुदा, विवाहपञ्चमीवाद सेहो दु महीना बितलागल, रेलके कोनो अत्तापत्ता नई” (तर, विवाहपञ्चमी यता पनि दुई महीना बित्न लाग्यो, रेल चल्ने कुनै अत्तोपत्तो देखिँदैन) । इजोतीयाजस्तै कुर्था स्टेशन नजिकका महोत्तरी जिल्लाका लोहारपट्टी, बलबा र भङ्गाहा नगरपालिकाका बासिन्दा पनि आफ्नो रेल चढ्ने आस अधुरै रहेको बताउँछन् । “उमर सेहो आब नइ रहीगेल, सोचैछली जे एकबेर रेल चैढ्क जानकी मैयाके दर्शन कैरतों, मुदा आब इ ललसा पूरा होयवाक आस मैरगेल” (उमेरले पनि डाँडा काट्दैछ, सोचेको थिएँ एकचोटी रेल चढेर जानकीमाताको दर्शन गरौँ, तर अब यो रहर पूरा हुने छाँट देखिएन) लोहारपट्टी नगरपालिकाकै खुट्टापिपराढीका ८० वर्षीय रामदरेश यादवले निरासा पोख्नुभयो । गत मङ्सिरको प्रारम्भमा विवाहपञ्चमी मेलाको तयारी भइरहँदा जयनगरदेखि कुर्थासम्म लिक ओछ्याउने काम सम्पन्न भएकाले जयनगरदेखि कुर्थासम्म रामजानकी विवाह महोत्सवकै दिन रेल सञ्चालन गरिने त्यतिखेरका रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताउनुहुँदा कुर्था नजिकका महोत्तरी÷धनुषाका बस्तीमा उत्साह देखिएको थियो । रेल चलेपछि आफ्ना कृषि उत्पादन सहजै बजार पु¥याएर बेचबिखन गर्न पाइने आश मर्दै गएको बलवा नगरपालिकाको अधियानपुरका किसान समसुल राइनले बताए । धनुषाको कुर्थास्थित निर्माण भएको रेलस्टेशनबाट महोत्तरी जिल्लाका लोहारपट्टी नगरपालिकाको महदैयातपनपुर, खुट्टापिराढी, लेउरी मुसहरी, मधेपुरा, बगडा र जिल्लाकै पिपरा गाउँपालिकाको रतौली र रतनपुर जोडिएका बस्ती हुन् । भङ्गाहा नगरपालिकाको पडरिया, हरिनमरी, धर्मपुर, कबिलासा र सिङ्ग्याही एवं बलबा नगरपालिकाका भलनी, धमौरा, रौजा, बनौटा, लेउरी र अधियानपुर कुर्थाबाट नजिकका बस्ती हुन् । कुर्थासम्म रेल चलेपछि यातायातको सुगमता र बजारसँगको सोझो सम्बन्ध स्थापित हुने कुराले यी बस्तीमा छाएको उत्साह अहिले रेल चल्ने कुरा अनिश्चित बन्दै जाँदा अन्योल बढेको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादव बताउछन् । भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा मङ्सिर पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चाले यस भेगमा उत्साह छाएको थियो । तर, लिक परीक्षण सम्पन्न भइसकेको सो दूरीमा पनि रेल इञ्जिन र रेलका डब्बा व्यवस्था हुन नसक्दा सञ्चालन हुन नसकेको रेल विभागका अधिकारीले अहिले बताएका छन् । बर्दिवास–जयनगर रेल विस्तार योजनामध्ये धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको पहिलो चरणको ३४ किलोमिटर दूरीमा लिक ओछ्याइएर र परीक्षणसमेत भइसके पनि रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुछन् । “कुर्थादेखि जयनगरसम्मको रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेका छौँ”, महानिर्देशक मिश्रले सञ्चारकर्मीको जिज्ञासा मेट्दै टेलिफोन वार्तामा भन्नुभयो, “लिक तयार भएर परीक्षणसमेत भइसके पनि ब्रोडगेज इञ्जिन र डिब्बा व्यवस्था भइनसकेकाले सञ्चालनको कुरा अनिश्चित भएको हो ।” अहिले रकम जुटाउनदेखि इञ्जिन र रेलडिब्बा ल्याउन भएका प्रयत्नले आउने नयाँ वर्ष २०७६ को प्रारम्भसम्म रेल सञ्चालन हुनसक्ने मिश्रको भनाइ छ । बर्दिवास–जयनगरसम्मको ६९ किमी दूरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाउँदै आएको छ । पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भङ्गाहा ९बिजलपुरा स्टेशन० र तेस्रो भङ्गाहाबाट बर्दिवास रहेको छ । पहिलो चरणमा रेल प्राप्त हुनासाथ सञ्चालन हुने र दोस्रो चरणमा कुर्थादेखि भङ्गाहासम्मको १७ किलोमिटर दूरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम भइरहेको रेल विभागले जनाएको छ । “सन् २०१९ भित्रै कुर्थादेखि भङ्गाहा ९विजलपूरा स्टेशन०सम्म रेल सञ्चालन भइसक्छ” रेल विभागका प्रवक्ता अमन चित्रकारले भन्नुभयो, “विभागको तालीकाअनुसार भङ्गाहा ९बिजलपुरा स्टेशन० बाट बर्दिवाससम्मको १८ किलोमिटर दूरीमा पनि सन् २०२० भित्र रेल सञ्चालन हुने गरी काम हुनेछ ।” यद्यपि बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी दूरीमा भने अझै जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले प्रवक्ता चित्रकारको भनाइअनुसार काम हुनेमा यस भेगका सर्वसाधारण आश्वस्त भने देखिँदैनन् । पहिलो चरणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी रहेको, दोस्रो चरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ । यता तेस्रो चरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको बिजलपुराबाट बर्दिवासम्मको १८ किमी दूरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ । यो दूरीभित्र जग्गाको मुआब्जा निर्धारण नै नभएकाले समयमा काम सम्पन्न हुने कुरामा संशय बढेको बर्दिवास–१४ का बासिन्दा विगतमा बर्दिवास गाविसका अध्यक्ष रहिसक्नुभएका चिरञ्जीवी हमाल बताउछन् । जग्गा मुआब्जा विवाद कायमै रहेकाले सो खण्डमा काम अघि बढ्न नसकेको विभाग स्रोतले जनाएको छ । यो विवाद चाँडै नटुङ्गिए समयमै काम सक्न अप्ठ्यारो हुने विभागका प्राविधिकले भने स्वीकार गरेका छन् । भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । विसं १९९४ शुरु भएको विजलपुरा ९भङ्गाहा महोत्तरी०–जनकपुर९धनुषा०–जयनगर ९भारत० ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल ९लोहारपट्टी, महोत्तरी० भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । सो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies