Khabar Dabali Logo
  August 22, Thu

बाक्लो हिमपातका कारण सन्दकपर पदमार्गमा सवारी बन्द

पशुपतिनगर। प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो ।

वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन् ।

वर्षात्सँगै भएको हिमपातले माथिल्लो क्षेत्रमा चार फिटसम्म हिमपात भएकाले शनिबारदेखि यातायातका साधन चल्न नसकेको सिंहलीला ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । पर्यटकीय क्षेत्रको पदमार्ग शुरु हुने मानेभञ्ज्याङस्थित लामीधुरादेखि तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म शनिबार बाक्लो हिमपात भएको थियो ।

सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडीहरू हिमपातका कारण सूर्योदय नगरपालिका–१ स्थित लामीधुरामै बसेका छन् । माईजोगमाई गाउँपालिकास्थित कृषि अनुसन्धान परिषद्को अनुसन्धान केन्द्र रहेको जौबारीसम्मको सडकमा रहेको हिउँ सोमबार बेलुकीसम्ममा पग्लिसक्ने भए पनि सन्दकपुरमा अझै सात दिनसम्म गाडी नचल्ने यातायात व्यवसायीले जनाएका छन् ।

जौबारीदेखि सन्दकपुर सडकखण्डमा चार फिटसम्म हिमपात भएकाले त्यो नपग्लिएसम्म गाडी सञ्चालन हुननसक्ने ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पाले बताए । पहाडी क्षेत्र बाटो उकालोओरालो भएको र गाडी चिप्लिएर दुर्घटना हुने भएकाले पूरै हिउँ नपग्लिएसम्म गाडी नचल्ने व्यवसायीको भनाइ छ ।

माघ २८ गते, २०७५ - १०:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

कुटनीतिक मर्यादा उलङ्घन गर्दै भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम–उपेन्द्र

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न समाजवादी पार्टीका संघीय परिषद्...   

एसिया कपका लागि नेपाली टिमको घोषणा, को–को परे ?

काठमाडौं । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न...   
मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

मङ्गलबारबाटै सुरू भएको मुसलधारे वर्षाका कारण नौ जनाको मृत्यु, ३५ बेपत्ता

चेङ्दु । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या...   

१८ महिनापछि प्रचण्डलाई पार्टी अध्यक्षता गर्ने बाटो खुल्यो

काठमाडौं । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारका लागि सिंगापुर...   

१९ वर्षीया कलेजकी छात्रा बलात्कार गर्नेलाई मृत्युदण्ड

वासिङ्टन । अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा...   
गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

गायक बसन्त थापाको ‘आमाले बोकेको भारी’मा सरोज खनाल

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को...   
राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका...   

सोलुखुम्बु केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा...   

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री...   

रवि लामिछानेका २२ समर्थकविरुद्ध मुद्दा, हिरासतभित्र के गर्दै बस्छन् रवि ?

चितवन । चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top