Khabar Dabali Logo
  April 25, Thu

चार सयकाे एचआइभी एड्सको परीक्षण

गलकोट। धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले एचआइभी एड्स परीक्षण गराएको अञ्चल अस्पतालले जनाएको छ ।

धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर को प्राविधिक टोलीले दुर्गम गाउँ ग्वालिचौरका स्थानीयवासीको एचआइभी एड्स परीक्षण शिविर सञ्चालन गरेको सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

जिल्लाको ग्वालिचौरमा धेरै क्षय रोगका बिरामी भएका कारण एचआइभी एड्स नमूना परीक्षण गरिएको थियो । एचआइभी एड्स भएका बिरामीलाई क्षयरोगको सङ्क्रमण बढी हुने गरेकाले ग्वालिचौरमै परीक्षण शिविर सञ्चालन गर्नुपरेको आचार्यले बताए ।

एआरटी सेन्टरले एचआइभी एड्स परीक्षण, परामर्श तथा औषधि समेतको सेवा दिने गर्दछ । शिविरमा एआरटी सेन्टर बागलुङका चार जना प्राविधिकले सेवा प्रदान गरेका थिए । बागलुङ जिल्लामा ३७५ जना एचआइभी एड्स सङ्क्रमित व्यक्ति रहेका छन् ।

माघ २७ गते, २०७५ - १३:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट…

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट…

काठमाडौँ । विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र...   

हुलाकी सडकको कालोपत्रे गुणस्तरहीन

धम्बोजी । भुरीगाउँ सानोश्रीदेखि गुलरिया मुर्तिया सडकखण्डमा गरिइएको कालोपत्रे गुणस्तरहीन भएको आरोप...   

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु, अहिलेसम्मम कति उठ्याे रकम ?

चितवन। चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु...   

विवेकशील नेपालीको प्रश्न – पुनर्निर्माण कहाँ पुग्यो सरकार ?

काठमाडौं । विवेकशिल नेपालीले २०७२ सालको महाभूकम्प पीडितहरूको आवासको व्यवस्थालाई प्राथमिकतामा राख्न...   

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...   
कच्चा तेलको मूल्य छ महिनाकै उच्च

कच्चा तेलको मूल्य छ महिनाकै उच्च

लन्डन । ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको...   

निर्माणमा प्रयोग भइरहेको इलिभेटर भत्किदा ११ जनाको मृत्यु

शिजिआजुआङ। उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको...   

कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा झण्डै २१ वर्षअघि जेम्स बायर्ड जुनियर नामका एक कालाजातिका युवकको...   

विद्यार्थीका लागि टेलिकमको आकर्षक अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

काठमाडाैं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ...   

झापामा एचआइभीका कारण ३५ जनाको मृत्यु

झापा। झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top