Khabar Dabali Logo
  February 23, Sun

सरकारको प्राथमिकता र शान्ति सुरक्षाको सवाल

यो देश कुनै पनि वर्ग, लिङगको मात्रै वा धर्मविशेषको मात्रै होइन, सबैको हो । यो देशमा राज्य शासन गर्ने अधिकार सबै समुदाय, सबै मजदुर किसान र समुदायको हुनुपर्छ भन्ने हेतुका साथ हाम्रा अग्रजहरुले संघर्ष गरेका थिए । हामीले त्यसलाई निरन्तरता दिन जनयुद्ध लड्यौ । जनयुद्धको सिलसिलामा म महाभारतमा आइपुगेको थिए । हामीले त्यतिबेला समृद्धिको चाहनालाई पनि अगाडि सारेका थियौँ । हामीले गरेको युद्धले सीमित मान्छे समृद्ध बने तर बहुसंख्यक मान्छे गरिब भए । त्यसैले जनताको चाहना भनेको समृद्धिको चाहना हो । त्यसका निम्ति हाम्रो अग्रजहरुले संघर्ष गरे । जनताको समृद्धिको चाहनालाई पूरा गर्न म यो ठाउँमा जनयुद्धको क्रममा आएको थिए ।

जनताको अर्को चाहना भनेको उनीहरुको पहिचान, भाषा, धर्म सँस्कृतिको सम्मान र संरक्षण होस् भन्ने नै थियो । कुनै एउटा धर्म, सँस्कृतिको एकाधिकार हुनुहुँदैन । सबैको माया सम्मान हुनुपर्छ । एउटा धर्मले उच्च सम्मान पाउने, एउटा धर्मले उच्च अधिकार पाउने अरुले नपाउने हुनुहुँदैन । यो विभेद हो । साँस्कृतिक अधिकारको निम्ति जनताले आन्दोलन थालेको थियो । तामाङ जातिको अधिकारको सवालमा आज पूर्ववक्ता मित्रहरुले आज धेरै कुरा उठाउनुभएको छ । यो देश निर्माणमा यो समुदायको ठूलो हात छ । नेपाल निर्माणमा उत्पीडित जातिको ठूलो हात छ । तामाङ जातिले राजनीतिक अधिकार पाउनुपर्छ । यहाँ ३ नम्बर प्रदेशको राजधानीको विषय पनि उठ्यो । यी सबै कुरा हाम्रो पहिचान र राजनीतिक अधिकारको विषय हो । नेपालमा आज संघीय गणतन्त्रको स्थापना भएको छ । हामीले ३ तहमा संविधान निर्माण गरेका छौँ । हामीले उत्पीडित वर्ग, लिंगहरुको अधिकारलाई संविधानमा समावेश गरेका छौँ । त्यो पूर्ण छैन । तर ती उत्पीडित वर्गलाई मुलधारमा समावेशी ढंगमा ल्याउने मुलभुत कुरालाई संविधानमा हामी उल्लेख गरेका छौँ ।

राजनीतिक अधिकारका निम्ति जुन संघर्ष हामीले गरेका थियौँ, स्वायत्तता, पहिचान र अधिकारका निम्ति भएको संघर्ष पूरा भएको छ । ती कुराहरु अझै कार्यान्वयन भएको छैन । अब कार्यान्वयनको चरणमा जानुपर्छ । उत्पीडित समुदायको ठूलो हिस्सा नेतृत्वको तहमा पुग्न अहिले सफल भएको छ । मुलुकको ७५३ स्थानीय तहका नेतृत्वमा अहिले कयौँ उत्पीडित समुदायको व्यक्तिहरु छन् । राजनीतिक अधिकारको हाम्रो आवाज निष्कर्षतिर आइपुगेको छ ।

हाम्रो आकांक्षा भनेको विकासको छ । अहिलेको सरकारको मुख्य नारा नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ छ । त्यसैले हाम्रो मुख्य सपना भनेको सबै नपालीलाई समृद्ध र सुखी बनाउने हो । त्यो समृद्धि र सुख विकासबाट मात्रै सम्भव छ । छिटोभन्दा हामीले यो देशको विकास गर्न सक्यौँ, उद्योगधन्दा खोल्ने, बाटोघाटो बनाउने, शिक्षालय खोल्ने, विजुली पु¥याउने, सबै ठाउँमा अस्पतालहरुमा पु¥याउनु नै हाम्रो लक्ष्य हो । नेपाललाई समृद्ध मुलुक हामी बनाउन चाहन्छौँ । सरकारले त्यसलाई अगाडि बढाएको छ ।

सुरक्षाको हिसाबले यहाँ एउटा इलाका प्रहरी कार्यालय आवश्यकता भएको मैले जानकारी पाएको छु । इलाका प्रशासन कार्यालय स्थापना भएको रहेछ । मैले निरीक्षण पनि गरे । त्यहाँ दरबन्दी बढाएर अझ राम्रो बनाउन जरुरी छ । अहिले मुलुकमा द्वन्द्व फैलाउने तत्वहरु सक्रिय छन् । तिनीहरुलाइ निस्तेज पार्न उनीहरुलाई मध्यनजर पारेर यहाँ सुरक्षा व्यवस्था गर्न जरुरी छ । हामीले राजनीतिक अधिकारको निम्ति लड्नुपर्ने अवस्था छैन । गणतन्त्रको स्थापना भइसकेको छ । अधिकार प्राप्त सरकारको स्थापना भइसकेको छ । त्यसैले अब राजनीतिक अधिकारको लागि लडाई लड्न जरुरी छैन । अब हामी विकासको यात्रामा लाग्न जरुरी छ ।

विदेशी शक्तिहरु यो देशमा अस्थिरता मच्चाएर लुट्न चाहन्छन् । हिजोका दिनमा विदेशी शक्तिहरु नेपालमा अराजक मच्चाएर लुटेर बसिरहेका थिए । अहिले यो दुईतिहाई सरकारबाट प्रतिगामी तत्व आक्रोशित छन् । उनीहरु यो सरकार, यो व्यवस्थाप्रति आक्रोशित छन् । उनीहरु यो व्यवस्थालाई उल्टाएर पुरानै व्यवस्था लागू गर्न चाहन्छन् । त्यसैले अब सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनुपर्ने बेला आएको छ । केन्द्रीय सरकारले सुरक्षा व्यवस्था सुदृढ पार्न उचित पहलकदमी लिइरहेको छ । ती सुरक्षा अवस्थालाई मध्यनजर गर्दै महाभारत गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

सबै इलाकामा प्रहरी कार्यालय स्थापना गर्ने हाम्रो योजना पनि छ, त्यसमा प्राथमिकताका साथ महाभारतमा इलाका प्रहरी कार्यालय स्थापना गर्न चाहन्छु । त्यसैगरी साथीहरुले ल्होछारमा सार्वजनिक बिदाको माग गर्नुभएको छ । म ल्होछारमा सार्वजनिक बिदाको निम्ति उचित पहलकदमी रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यो क्षेत्रको विकासका निम्ति पनि म पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । धुलिखेलसम्म जोड्ने सडक खण्डको लागि केन्द्रीय योजनामा पार्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

सरकारले देशको विकास, समृद्धि र सुशासनको निम्ति आफ्नो प्रयासहरु अगाडि बढाइरहेको छ । आगामी वर्षमा विकासको दरमा झण्डै ८ प्रतिशत ल्याउने हाम्रो लक्ष्य छ । त्यसलाई पूरा गर्नका लागि सरकार लागिपरेको यहाँहरुमा प्रतिबद्धता व्यक्त गर्दछु ।

नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिकाले आयोजना गरेको सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले राखेको मन्तव्यको सम्पादित अंश ।

माघ २४ गते, २०७५ - १८:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फर्केर हेर्नुहोस् –नेकपाको ७० वर्षे इतिहास !

नेपाली कम्युनिष्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत...   
यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी)...   
माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको...   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने –कहाँ पुग्यो तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला...   

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

दार्चुला ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर...   

एकताको काम सक्ने घोषणा गरेको १५ दिन भोली पुग्दै : के के गर्दैछ नेकपा ?

काठमाडौं । गत महिनाको १६–१९ सम्म बसेको सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले ‘एकताको...   
ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

काठमाडौं । गुटउपगुटको अन्त्य गर्ने घोषणा गरेको केन्द्रीय समितिको निर्णयलाई चुनौति दिँदै नेपाल कम्युनिष्ट...   

अमेरिकाले नेपाललाई क्रिकेट इतिहासमै दियो कमजोर लक्ष्य– अमेरिका २५ रनमा अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top