Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

‘जस्तो घर बनाए पनि भुकम्पपीडितको पैसा दिनु, इञ्जिनियरले दुख दिए कारबाही गर्नु’

काभ्रे । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भुकम्पपीडितले बनाएको जस्तोसुकै घरको पैसा निकासा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका सोनाम ल्होछार मुल आयोजक समितिले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम तथा पूर्ण साक्षर गाउँपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुकम्पपीडितको रकम निकासा गर्न निर्देशन दिएका हुन् । जस्तोसुकै घर बनाए पनि भुकम्पपीडितको पैसा निकासा गर्ने निर्णय मन्त्रिपरिषद्कै भएको उनको भनाई थियो । ‘अहिले इञ्जिनियरहरुले दुख दिएको सुन्छु, गाउँपालिकाका अध्यक्ष यही हुनुहुन्छ, म निर्देशन दिन चाहन्छु, जस्तो घर बनाए पनि भुकम्प पीडितको पैसा नरोक्नु, तुरुन्तै दिनु । इन्जिनियरले जे भने पनि भुकम्पपछि घर बनाएका जनताले पैसा पाउनुपर्छ’ उनले भने, ‘जसले दिन मान्दैन त्यसलाई कारबाही गर्नुस् । किनकी सरकारले भुकम्पपीडितले जस्तो घर बनाए पनि पैसा दिने निणर्य गरेको छ ।’ उनले खानीखोला गाउँपालिकाको समग्र विकासको निम्ति र मुलभुत रुपमा आम जनताको सुखकोे निम्ति आफूहरु क्रियाशील रहने प्रतिबद्धता समेत व्यत्त गरे । ‘अहिले खानीखोलामा बैँक आएन भन्ने गुनासो पनि सुनियो । इन्टरनेटको कारण बैँक आएन भनेर भन्नुभयो । म के भन्न चाहन्छु भने अब इन्टरनेट भएन भनेर बस्ने होइन, निवेदन दिनुस्, गाउँपालिकालाई २ वर्षसम्मलाई फ्रि इन्टरनेट हामी दिन्छौँ । यहाँ विद्यालय भवन त छ, तर कम्प्युटरहरु नहुने समस्या होला, म यहाँको विद्यालयलाई ४८ वटा कम्प्युटर निशुल्क दिने घोषण गर्दछु । गाउँपालिकालाई कम्प्युटर, फोटोकपी मेसिन लगायतका सामानहरु हामी दिन्छौँ, माग्न आउनुस्, निवेदन ल्याउनुस् । निवेदन दिएर प्रक्रियामा आउनु प¥यो, यो विधिको शासन हो ।’ उनले भने । उनले आगामी ५ वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याउने उद्घोष समेत गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies