Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

के हो साइबर सेक्स ? जान्नुहोस्

काठमाडौं । साइबर सेक्सलाई हस्त मैथुनसँग दाँज्न सकिन्छ । कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै सकिँदैन । हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एउटा वैकल्पिक उपाय हो भन्ने कुरामा दुईमत छैन । साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले पर्याप्त यौन आनन्द लिन सक्छ । विश्वव्यापी रूपमै यौन हिंसा तथा बलात्कारका घटना वृद्धि हुनुमा साइबर सेक्स अर्थात् इन्टरनेटमा उपलब्ध यौन सामग्रीलाई दोष दिने जमातको कमी छैन । नेपाली समाजमा पहुँच र स्वतन्त्रताका कारणले तुलनात्मक रूपमा पुरुषमा साइबर सेक्सको लत बढी छ । अहिलेको पुस्तालाई कम्प्युटर, ग्याजेट, इन्टरनेट आदिका बारेमा जानकारी गराइरहनु पर्दैन । यस्तैमा यी सामग्रीहरूको माध्यमबाट गरिने यौनिक गतिविधिलाई साइबर सेक्सका रूपमा लिइन्छ । कुनै जमाना थियो। युवती वा महिलाको पिँडौला पनि यौनिक मानिन्थ्यो अर्थात् यतिसम्म हेर्न पनि मानिसहरू लालायित हुन्थे । त्यसैगरी पत्रपत्रिका, पुराना चलचित्रमा यौनजन्य सामग्रीको आफ्नै महत्व हुन्थ्यो । मानिसहरू लुकिछिपी पनि यी सामग्रीहरूबाट यौन आनन्द लिन पछि पर्दैनथे । समय निकै फेरिएको छ, हिजोआज साइबर अर्थात् इन्टरनेटमार्फत् जो–कोहीको यौनजन्य सामग्रीमा सहज पहुँच छ । बन्द समाज तथा परम्परागत मूल्य मान्यताका पक्षधर राष्ट्रहरूमा यस्ता सामग्रीमा कानुनी बन्देज लगाउनुका साथ गैरकानुनी मानी कडा सजायको व्यवस्था पनि गरिएको छ । विडम्बना जहाँ बढी कडाइ गर्न खोजिएको छ, त्यहीँ नै यस्ता यौन सामग्रीको अधिक माग तथा गोप्य तवरले उपभोग गर्ने प्रवृत्ति देखिएको छ । अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्ने क्रममा यी यौन सामग्री उपलब्ध हुने साइट, पोर्टलहरूका बारेमा जानकारी छ भने रमाइलोका लागि यी सामग्री हेरेर यौन आनन्द लिइन्छ । जुन सुरुमा रमाइलो लाग्दा–लाग्दै पछि खराब लत बन्न बेर लाग्दैन । तसर्थ कानुनी रूपमै बन्देज गरिए पनि, परिवार तथा समाजले यसलाई राम्रो नमाने पनि साइबर सेक्सलाई नियन्त्रण त्यति सजिलो छैन । एक्लो वातावरण वा एकान्त ठाउँमा कम्प्युटर तथा ग्याजेटको उपलब्धता, अभिभावक तथा अग्रजहरूको निगरानीको कमी, आइटीका जानकार, पोर्न साइट वा पोर्टलको जानकार, यस्ता सामग्रीमा आफ्नै ईच्छा वा चाहना तथा साथीभाईहरूको सल्लाह नै साइबर सेक्सका आधारभूत तत्व हुन् । निश्चय पनि साइबर सेक्स सीमित परिधिसम्म एकातिर यौन मनोरञ्जनको राम्रो एवं स्वस्थ्य विकल्प हो भने यसै कारण आफ्नै यौन चाहनालाई आफ्नो नियन्त्रणमा राख्न नसकिएको अवस्थामा यौन अपराध गर्न बेर लाग्दैन । साइबर सेक्सको खराब बानी लाग्यो भने विभिन्न शारीरिक समस्या देखा पर्नुका साथै व्यक्तिगत उत्पादनशीलता एवं कार्य क्षमतामा समेत व्यापक ह्रास आउँछ । साइबर सेक्सको लतले यौन जीवन नै अस्तव्यस्त हुनसक्छ । लामो समयसम्मको साइबर सेक्सको बानीले मानसिक समस्या उत्पन्न गर्न सक्छ । साइबर सेक्सको निरन्तर उपयोगले एचआईभी तथा एड्स लगायतका यौनरोग लाग्नबाट जोगाए पनि अनिदो हुने, आँखा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, अण्डाकोष दुख्ने, आलस्य हुने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखा पर्न सक्छन् । साइबर सेक्सको खराबीबाट जोगिन आवश्यक कार्यका लागि मात्र इन्टरनेट उपयोग गर्नुपर्छ । इन्टरनेटमा यौन सामग्री हेर्ने सोच आउनासाथ तथा वातावरण बन्नासाथ साथीभाई तथा परिवारजनको सामीप्यमा गई कुराकानी एवं ख्यालठट्टा गर्ने तथा आफूलाई मन पर्ने विषयमा समय व्यतीत गर्नतर्फ लाग्नुपर्छ । घर वा कार्यालयमा कम्प्युटर तथा इन्टरनेटलाई सबैको पहुँचमा राख्नुपर्छ । कसैले पटक–पटक अश्लील सामग्री हेर्छरहेर्दैन अनुगमन गर्नुपर्छ । यस्ता सामग्री डाउनलोड गरेर राखिएको छ कि हार्ड डिस्क, रिसाइकल बिन आदिमा चेक गर्नुपर्छ । घरमा छोराछोरीले एक्लै इन्टरनेट चलाउन चाहने, कोही आउनासाथ अनुहार तथा मुड एक्कासि परिवर्तन गर्छन्, ख्याल गर्नुपर्छ । तिनीहरूका साथीसंगीसँग अप्रत्यक्ष जानकारी लिनुपर्छ । कसैले पनि आवश्यकताभन्दा बढी समय कम्प्युटरमा समय व्यतीत गर्न थाल्छ भने त्यसको वास्तविकता बुझ्नुपर्छ । कसैलाई लाग्छ साइबर सेक्सको खराब बानी छ भने आफ्नो मन मिलेको व्यक्तिसँग छलफल गर्नुपर्छ । आवश्यक परेको खण्डमा मनोचिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ । कान्तिपर साप्ताहिकबाट
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies