Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

किन मानिसहरू झन् धेरै मासु खान थालेका छन् ?

धेरै मानिसहरूले हिजोआज \'मासु कम खानेछु\' वा \'अब खाँदै खान्न\' भनेको सुन्नुभएको होला। स्वस्थ्य रहन र यसले वातावरणलाई पार्ने प्रभाव वा जनावरको कल्याण गर्ने जस्ता कारण देखाउँदै त्यसो भन्ने गरिन्छ।

ब्रिटेनका एक तिहाइ भन्दा बढी मानिसहरुले कि मासु खान छोडेको वा आफ्नो खानामा यसको मात्र कम गरेको दाबी गरेका छन। यस्तै अमेरिकाका दुई तिहाइ नागरिकले कम्तीमा दुई मध्ये एक थरि मासु कम खान थालेको बताएका छन्।

मासुरहित सोमवार र भेगनवरी जस्ता प्रयासहरु तथा थुप्रै डक्युमेन्ट्रिहरू र शाकाहारी भोजनबारे वकालत गर्ने ठूला व्यक्तित्वहरूले मासु कम सेवन गर्नुका सम्भावित फाइदाबारे जोड दिएका कारण यस्तो प्रवृत्ति बढेको हो।

तर के यस्ता भावनाहरूले प्रभाव पारेका छन् ? पचास वर्ष यता मासु खपत धेरै बढेको छ। मासु उत्पादन सन् १९६० को ७ करोड टनको तुलनामा सन् २०१७ मा पाँच गुणा बढी ३३ करोड टन पुगेको छ। संसारमा जनसङ्ख्या धेरै बढेको कारण मासु खपत पनि बढेको छ। सन् १९६० को सुरुतिर यहाँ तीन अर्ब मानिस थिए। अहिले ७.६ अर्ब छन्।

जनसङ्ख्या एउटा कारक भएपनि मान्छेहरू धनी बन्दै गइरहेका छन् र गएको आधा शताब्दीमा आय तीनगुणा बढेको छ। र मुलुकहरूबीच मासु खपतको तुलना गर्दा धनी मुलुकले धेरै मासु खाने र कम आयवाला मुलुकले थोरै खाने देखिएको छ।

कसले सबभन्दा बढी मासु खान्छन्?

संसारभर मासु खाने प्रवृत्ति हेर्दा त्यो सम्पत्तिसँग प्रत्यक्ष जोडिएको देखिन्छ। सन् २०१३ मा अमेरिका र अष्ट्रेलिया सबभन्दा धेरै मासु खाने राष्ट्रहरू थिए। उनीहरूसँगै न्यूजील्याण्ड र अर्जेन्टिना थिए। त्यहाँ प्रतिव्यक्ति प्रतिवर्ष मासु खपत १०० किलोभन्दा बढी थियो। यति मासु भनेको पचासवटा कुखुरा वा आधा गाई बराबर हुन्छ।

मासुको उच्च खपत पश्चिमा मुलुकहरूमा प्रष्ट देखिन्छ। पश्चिम युरोपेली मुलुकहरूमा प्रतिव्यक्ति खपत ८० देखि ९० किलो प्रतिवर्ष छ। संसारका गरिब मुलुकहरूले असाध्यै कम मासु खान्छन्।

इथियोपियामा प्रतिव्यक्ति खपत सात किलो प्रतिवर्ष छ, रवाण्डामा आठ किलो, नाइजेरियामा नौ किलो छ जुन युरोपेली मुलुकको खपतको तुलनामा दश गुणासम्म कम हो।

न्यून आय भएका मुलुकहरूमा मासु अहिले पनि विलासिता हो। यी तथ्याङ्कहरूले प्रतिव्यक्ति मासु खपत देखाएपनि घरहरूमा वा पसलमा फ्याँकिने खाद्यवस्तुको मात्रा यसमा समेटिएको छैन। मान्छेहरू यसमा देखाइएभन्दा केही कम मासु खान्छन् तर यी चित्रहरू लगभग मिल्ने अनुमान हुन्।

मध्य आयभएका मुलुकमा मासुको बढ्दो माग

धनी मुलुकहरूले असाध्यै धेरै मासु खान्छन् र कम आय भएका मुलुकले कम। पचास वर्षदेखि यस्तै देखिएको छ। हामी सबै मिलेर किन यति धेरै मासु खाइरहेका छौं त?

खासगरी मध्य आयभएका मुलुकहरूमा यो प्रवृत्ति बढ्ता देखिएको छ। चीन र ब्राजिल जस्ता पछिल्ला दशकमा उच्च आर्थिक बृद्धिदर भएका मुलुकहरूमा मासुको खपत ह्वात्तै बढेको छ।

केन्यामा सन् १९६० यता मासु खपतमा धेरै परिवर्तन आएको छैन। सन १९६० मा चीनमा सामान्यत: एकजनाले एक वर्षमा औसतमा ५ किलोभन्दा कम मासु खान्थेँ। तर १९८० पुग्दा त्यो मात्रा २० किलोमा पुग्यो र पछिल्लो दशकमा त त्यो ह्वात्तै बढेर ६० किलोसम्म पुगेको छ।

ब्राजिलमा पनि त्यस्तै भएको छ। सन् १९९० यता ब्राजिलमा मासु खानेको संख्या पश्चिमा मुलुकहरूमा भन्दा बढी हुन थालेको देखिन्छ।

भारत एउटा उल्लेख्य अपवाद हो। सन् १९९० यता औसत आय तेब्बर बढेको भएपनि भारतमा मासु खानेको सङ्ख्या त्यसरी बढेको छैन।भारतका बहुमत मानिसहरू शाकाहारी भन्ने धारणा भने गलत छ। दुई तिहाइ भारतीयहरूले केही मासु खाने गरेको एउटा देशव्यापी सर्वेक्षणले देखाएको छ। जे भएपनि भारतमा मासुको खपत भने अहिलेसम्म थोरै नै छ।

भारतमा त्यसो हुनुको केही कारण सांस्कृतिक पनि हुन सक्छ। त्यसमध्ये धार्मिक कारणवश मानिसहरू कुनै जनावरको मासु खान्छन् र कुनैको खाँदैनन्।

युरोप र उत्तर अमेरिकाका धेरैले आफूले खाने मासुको मात्रा घटाउन प्रयत्न गरिरहेको बताउँछन्। के त्यसै भइरहेको छ त? तथ्याङ्कहरूले त्यसो भइरहेको देखाउँदैनन्।

अमेरिकाको कृषि मन्त्रालयको तथ्याङ्कले पछिल्ला केही वर्षमा प्रतिव्यक्ति मासुको खपत बढेको देखाएको छ। सन् २०१८ को अमेरिकी मासु खपत केही दशक यताको सबभन्दा उच्चतम थियो।

युरोपेली सङ्घमा पनि त्यस्तै खपत देखिन्छ। पश्चिममा मासुको खपत बढेको बढ्यै गरेको या केही बढेको देखिएपनि खाने मासुको प्रकारमा भने परिवर्तन भएको छ।

रातो मासु अर्थात गाईको र सुँगुरको मासु कम र कुखुराको मासु धेरै खाने गरिएको छ। अमेरिकामा खाइने मासुको आधा अंश कुखुराको मासु छ, जुन सन् १९७० को तुलनामा एक चौथाइ बढी छ।

यो खपत स्वास्थ्य र वातावरणका दृष्टिले राम्रो खबर हुनसक्छ। मासु खानु फाइदाकारी पनि हुन सक्छ। थरी थरीका खानेकुरा खान नपाउने कम आय भएका मुलुकमा मासु र दुग्ध पदार्थ धेरै खाने मान्छेको स्वास्थ्य राम्रो हुनसक्छ।

तर कैयौं मुलुकमा आधारभूत पोषणका लागि आवश्यक भन्दा धेरै मासु खाने गरिएको छ।

त्यो स्वास्थ्यका लागि खतराजन्य हुनसक्छ। अध्ययनहरूले धेरै रातो मासु र प्रशोधित मासु खानेहरूमा मुटुको रोगको खतरा बढ्ने, मस्तिष्कघात हुन सक्ने र केही प्रकारका क्यान्सर पनि हुनसक्ने देखाएको छ।

गाईको मासु वा सुँगुरको मासुको बदला कुखुराको मासु खानु सकारात्मक कदम हुन सक्छ। यो वातावरणका लागि पनि राम्रो हुनेछ। कुखुराको तुलनामा गाईहरूले दश गुणा जमीन, पानी र हरितगृह ग्यास उत्सर्जन गर्छन्। सुँगुर भने दोब्बर खपत गर्नेमा पर्छ।

भविष्यमा मासु खपत दिगो वा सन्तुलित बनाउन ठूलै परिवर्तन गर्नुपर्ने देखिन्छ। यसमा हामीले खाने मासुको प्रकार मात्र नभएर कति खान्छौं भन्ने पनि परिवर्तन हुनुपर्ने देखिन्छ। खासमा मासु कहिलेकाहीँ खाइने विलासी वस्तु बन्नुपर्छ। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies