Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

१५ शय्याको अस्पताल सेवा पुर्याउन आर्थिक अभाव

काठमाडौँ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिका तहमा १५ शय्याको अस्पताल स्थापना गरी स्वास्थ्य सेवा पुर्याउन आर्थिक अभाव भएको जनाएको छ । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पाँच वर्षभित्रमा सबै पालिका तहमा विशेषज्ञ सेवासहित १५ शय्याको अस्पताल सेवा पु¥याउने नीति छ तर यसका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले हालसम्म दिएको छैन”, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले भने । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा राज्यमन्त्री यादवले सो गुनासो गर्दै रकम अभाव हुन नदिन समितिलाई समन्वय गरिदिन आग्रह गरे । उनका अनुसार मन्त्रालयले १०९ पालिकामा स्वास्थ्य संस्थालाई १५ शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ । बाँकी रहेका पालिकामा पनि आवश्यक गृहकार्य अगाडि बढाइसएिको छ । मन्त्रालयको स्थानीय तहअन्तर्गतका सबै वडा तहमा आधारभूत स्वास्थ्य सेवा र पालिका तहमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने नीति रहेको छ । राज्यमन्त्री डा यादवले औषधि खरिदका लागि सार्वजानिक खरिद ऐन समस्याका रूपमा रहेको चर्चा गर्दै ऐन संशोधन गर्न सहयोग पुर्याउन आग्रह समेत गरे । समितिको आजको बैठकमा समितिअन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक खगराज अधिकारीले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्ती समक्ष हस्तान्तरण गरे । प्रतिवेदनभित्र के छ त ? सबै पालिकामा औषधि, उपकरण, जनशक्ति एवं पूर्वाधार निर्माणसहित अस्पताल निर्माण गर्न, केन्द्रीय अस्पतालको फार्मेसी, आकस्मिक, सघन उपचार कक्ष, सिसियु, जनरल वार्ड, अन्तरङ्ग तथा बहिरङ सेवाको न्यूनतम आधार तयार गरी कार्यान्वयन गर्न, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थाको नियमित सञ्चालनको व्यवस्था गर्न, केन्द्र, प्रदेश र स्थानीय तह बीचको स्वास्थ्य सेवालाई व्यवस्थित र समन्वयकारी बनाउन प्रतिवेदनमा सुझाव दिइएको छ । एम्बुलेन्स, शववाहन एवं शव गृह सेवालाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न ऐनको प्रभावकारी कार्यान्वयन गर्न, अस्पतालजन्य फोहरमैला निष्कासन, विसर्जनको नियमित व्यवस्था गर्न ध्यान दिन, सरकारी स्वास्थ्य संस्थामा, जनशक्ति, औषधि र उपकरणको अभाव हुन नदिन सरकारले विशेष ध्यान दिन, निजी स्वास्थ्य संस्थाले प्रदान गर्ने दश प्रतिशत निःशुःल्क स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सुझावका रूपमा प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा छात्रवृत्तिलाई अझ व्यवस्थित बनाउने, स्वास्थ्य बीमा कार्यक्रमलाई सबै जिल्लामा प्रभावकारी सञ्चालन गर्ने र समीक्षाको व्यवस्था गर्ने, औषधि, उपकरणको खरीद कार्यलाई व्यवस्थित बनाउने, सबै अस्पतालको चलअचल सम्पतिको अभिलेख राख्ने, सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने कानूनको कार्यान्वयन दृढतापूर्वक गर्ने लगायतका सुझाव पनि प्रतिवेदनमा समेटिइका छन् । बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै संयोजक अधिकारीले संविधान प्रदत्त स्वास्थ्यका अधिकार कार्यान्वयन गर्न प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । समितिका सदस्य गगनकुमार थापाले जनशक्ति, उपकरण, औषधि तथा पूर्वाधारमा आवश्यक पर्ने विषय प्रक्षेपण गर्न आवश्यक रहेकोमा जोड दिए । समितिका सदस्य योगेश भट्टराईले सबै स्थानीय तहमा १५ शय्याको अस्पताल स्थापना गर्न प्राथमिकता दिन आग्रह गरे । समितिका अर्का सदस्य सन्तकुमार थारुले थारु जातिमा मात्र लाग्ने सिकलसेस एनेमियाको उपचार गर्न छुट्टै अस्पताल स्थापना हुनुपर्छ भने ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies