Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कुन उमेरमा बच्चा जन्माउनु उचित ? कुन उमेर खतरनाक ?

डा. मीना प्रधान स्त्री तथा प्रसूति रोग विशेषज्ञ मनमोहन मेमोरियल अस्पताल १. उर्वरता घट्दै जान्छ महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उमेर बच्चा जन्माउनका लागि उपयुक्त हुन्छ । उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । ३० वर्ष पुगेपछि कम अन्डा निष्काशन हुने भएकाले गर्भ रहने क्षमता घट्दै जाने गरेको हो । कतिपय अवस्थामा स्वास्थ्य पनि खराब भएको हुन्छ । २. अपांगता ३५ वर्षभन्दा माथिको उमेरमा जन्माइएका बच्चामा समस्या देखिने सम्भावना उच्च रहन्छ । जस्तै, बच्चाको नाक थेप्चो हुने, लुलो–लंगडो र अपांगता हुने सम्भावना रहन्छ । ३. वंशाणुगत रोग आमा–बाबुमा लुकेर बसेका आनुवंशिक रोग लाग्ने सम्भावना बढी हुन्छ । जस्तै, डाउन सिन्ड्रोम, पेन्स सिन्ड्रोम आदि रोग लाग्ने हुन्छ । बढ्दो उमेरमा जन्मिएका बच्चामध्ये करिब एक प्रतिशतमा डाउन सेन्ड्रोम हुने हुन्छ । त्यस्तै, आमाको उमेर बढ्दै जाँदा जिम्मेवारीका कारणले हुने तनावले समेत बच्चाको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । ४. जन्माउनै गाह्रो ३०–३५ वर्षपछि महिलामा शक्ति घट्दै जान्छ । साथै, प्रजनन अंगले युवा अवस्थामा जस्तो काम गर्न पनि सक्दैनन् । अझ गर्भधारण गर्न नै गाह्रो हुने, सुत्केरी हुने वेला लामो समयसम्म पीडा हुने, जन्माउन नसक्नेजस्ता समस्या देखिन सक्छन् । त्यस्तै, उमेर बढ्दै जाँदा स्वाभाविक रूपमै महिलामा विभिन्न रोग देखा पर्ने सम्भावना हुन्छ । जसले बच्चामा पनि प्रत्यक्ष असर पार्छ । कति उमेर उचित ? सामान्यतया महिलामा प्रजनन क्षमताको विकास महिनावारी सुरु भएदेखि नै हुन्छ । यद्यपि, बच्चा जन्माउनका लागि १८ वर्ष नपुग्दासम्म महिला परिपक्व भइसकेका हुँदैनन् । यसर्थ, २५ वर्ष बच्चा महिलालाई बच्चा जन्माउनका लागि उपयुक्त उमेर हो । यो क्रम ३० वर्षसम्म चलाउन सकिन्छ । नयाँपत्रिका दैनिकबाट
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies