Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

साहित्यकार क्षेत्री भन्छन् - साहित्यमा पनि सिमित बजारको मोनोपोली छ (अन्तवार्ता)

काठमाडौं । हाल काठमाडौलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लागेका संघर्ष क्षेत्री धुर्कोट, गाउँपालिका नयाँगाउँ १ गुल्मीमा जन्मिएका हुन् । सर्जक क्षेत्री बुबा प्रेमबहादुर क्षेत्री र आमा ज्ञान कुमारी क्षेत्रीको कोखबाट २०४७ साल मङ्सिर २१ गते तेस्रो सन्तानको रुपमा जन्मीएका थिए । साहित्य सिर्जना गर्ने क्रममा सर्जक संघर्ष क्षेत्री अहिले पाठक सामु आफ्नो पहिलो कृति \'साकुरा\' लिएर साहित्य मैदानमा होमीएका छन । उनै सर्जक क्षेत्रीसँग खबर डबलीकि सहकर्मी फुलु भुजेलले गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ । यहाँले पहिलो कृति साकुरा लिएर आउनुभएको छ । कस्तो लागिरहेको छ ? उपन्यास \'साकुरा\' प्रकाशनले एक किसिमको खुशी मिलेको छ । यहीँ उपन्यासले थुप्रै मनहरुसँग जोडिन पाएको छु । कुनै पनि लेखक, लेखेर मात्रै लेखक नहुने रहेछ, प्रकाशन हुनु पहिलो शर्त हो भन्ने महसुस गरेँ । कृति प्रकाशन, लेखक हुनुको अघोषित मानक हो भन्ने बुझ्दैछु । यहाँ त कविता पनि लेख्नुहुन्छ । कविता र उपन्यास लेख्दा के फरक हुने रहेछ ? सुरुवाती चरणमा मैले थुप्रै कविता लेखेँ । कवितामा लाग्नाले मलाई उपन्यासमा हेलिन मद्दत पुग्यो । पक्कै पनि कवितामा नलागेको भए उपन्यासमा कलम चलाउन निक्कै गाह्रो हुन सक्थ्यो । समयका हिसाबले कुनै-कुनै कविता लेख्न हप्तौं पनि गुजारेको छु । मेरो बुझाइमा कविता पानीको मुहान हो भने उपन्यास त्यहीँ मुहान हुँदै नदिको बाटो गरेर, अनेकौं उतारचढाव झेल्दै बन्ने विशाल समुन्द्र हो । नयाँ लेखक अथवा सर्जक भनौं न, कत्तिको गाह्रो रहेछ बजारसम्म आइपुग्न ? अथवा के-के चुनौती र संघर्ष गर्नुपर्यो यहाँलाई ? पहिलो कुरा त लेख्नै गाह्रो छ, लेखिरहन झन् गाह्रो काम हो । तर निरन्तर लाग्नै पर्छ । सुरुसुरुमा लेख्दैछु भन्दै गर्दा पनि नेगेटिभ मोटिभेट गर्नेहरू पनि भेटिन्छन् । यस्तो प्रायः समकालीनहरुमा देखिन्छ । नयाँ लेखकहरुलाई निखारिन पनि समय त लाग्छ नै । यहाँ अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि सिमित बजारको मोनोपोली छ । एक किसिमको प्रकाशन गृह बजारको बिकाउ अनुहारलाई करिस्मेटिक तरिकाले बनिबनाउ लेखक तयार गर्छ । अर्कोथरी प्रकाशन गृह लेखकरसाहित्यकार बन्न चाहनेहरुको गोठालो लाग्छ । अझ भनौं न, तिनीहरुलाई दुहुनो गाई बाहेक केहि सम्झिदैन । साहित्य र साहित्य बजारमा मध्यमार्गी बाटो खुल्नु आवश्यक छ । त्यसो गर्ने भनेकै स्रष्टा र लेखकहरुले नै हो । पहिलो कुरा त हल्ला गर्दिने, चिच्याएर खरानीलाई पिठो भनेर बेच्नेहरुको बोलवाला छ । तर सधैं यस्तो रहदैन । अलिअलि हल्ला नगरी पाठकसम्म पुग्न निक्कै गाह्रो देखेँ । यस्तै चुनौतीहरुसँग फेस गर्न पाउँदा मज्जै लागेको छ । साकुरा जन्मिन कति समय लाग्यो ? हामी साकुरा किन पढ्ने ? साकुरा लेख्न त्यस्तै एक वर्ष लाग्यो होला । तर लेख्न भन्दा कथा जन्मिन थुप्रै समय लाग्यो । भनौं न, गर्भमै हुर्कियो निक्कै समयसम्म । साकुरा खासगरी प्रेमकथामा लेखिएको उपन्यास हो । एक लेखकको प्रेम कथा हो, साकुरा । आजसम्म नेपाली साहित्यमा लेखकलाई केन्द्रमा राखेर उपन्यास लेखिएको रहेनछ । लेखकको कथालाई विभिन्न पात्रहरूमार्फत प्रेमलाई फरक तरिकाले बुझाउने कोशिश हो, साकुरा । अन्य प्रकाशित प्रेमोपन्यास भन्दा भिन्नै शैली र शुत्रमा बनेको उपन्यास हो । लभ स्टोरी पढ्न मन पराउने पाठकहरुले त पढ्नु हुन्छ नै । अझ डिफ्रेन्ट लभ स्टोरी पढ्ने पाठकहरुले त छुटाउनु हुन्न नै । प्रेमको अलवा जीवन दर्शन, उत्प्रेरणा दिने खालको उपन्यास भएकोले जुनसुकै उमेर समूहले पनि पढ्न सक्नुहुन्छ । अन्त्यमा, पहिलो कृति प्रकाशित गर्ने क्रममा रहेका नयाँ लेखकहरुलाई के भन्नुहुन्छ ? पहिलो कुरा त नयाँ लेखक सधैं नयाँ हुँदैन । पुरानो हुन पनि लेख्नु र प्रकाशित हुनैपर्छ । नयाँ लेखकहरु जो कृति प्रकाशनको क्रममा हुनुहुन्छ, उहाँहरु आफैमा एउटा असल पाठक हुनुपर्छ । साथसाथै सेल्फ मोटिभेटेड हुनु जरुरी छ । जस्तो कि, मेरो कृति बिक्ला कि नबिक्ला ? कसले के भन्छ , भन्दा पनि आफ्नै मनलाई सोधी हेर्नुस् । तपाईंलाई मन परेको किताब सबैलाई मन नपर्ला तर केहिलाई त मन पर्न सक्छ । बजारको जिम्मा बजारलाई नै छोड्नुस्, तपाईंको काम लेख्नु हो र लेखिरहनु हो । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"228444\"]
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies