Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट, के छलफल भयो ?

भेन्टाइन । बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाहरु दुबै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीब्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उनले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी दिए । उनले भने, ‘हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो । हामी जलस्रोतमा अघि छौँ, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ । हामीले पनि आफ्नो आवश्यकता हेरेर त्यसलाई प्रश्रय दिइरहेका छौँ । छिमेकी र अरु ठूला मुलुकहरुले हाम्रो जलविद्युतमा लगानी गरिरहेका छन् ।’ नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरुलाई समेत उत्साहित बनाएको उल्लेख गर्दै उनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल कम्युनिस्ट पार्टीको सरकार सक्षम हुने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु गरेको एक वर्ष भएको, यस अवधिमा जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको र आधार तयार भइसकेकाले अब परिणाम दिने गरी काम भइरहेको चर्चा गर्दै ठूला विकास परियोजनाका लािग लाओसको अनुभव आफूहरुलाई उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी दुबै अति कम विकसित मुलुक हौँ, भूपरिवेष्ठित छौँ । हामीसँग पुँजी र प्रविधि कम छ । यस्तो अवस्थामा तपाईंहरुले अपनाएको विकासको मोडल हाम्रा लागि उपोगी हुन सक्छ ।’ पछिल्ला दिनमा लाओसले हासिल गरेको तीब्र आर्थिक बृद्धिका लागि उनले पार्टी नेतृत्वलाई बधाई दिए। उक्त अवसरमा दुई कम्युनिस्ट पार्टीले विगतदेखि नै विभिन्न अन्तर्राष्टिय मञ्चहरुमा गर्दै आएको सहकार्यको स्मरण गर्दै बरिष्ठ नेता नेपालले २१ वर्षअघि आफू आउँदाभन्दा अहिलेको लाओसमा धेरै परिवर्तन पाएको उल्लेख गरे । यसैगरी, लाओस कम्युनिस्ट पार्टीको मुख्यालयमा हिजो नेपाली प्रतिनिधिमण्डल र लाओ पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधिमण्डलबीच हिजो पार्टीगत वार्ता भएको थियो । लाओसको पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण र प्रचार विभाग प्रमुख किकेओ खाइखामफिथोम, विदेश विभाग प्रमुख सुन्थोन सायाचाक, उपप्रमुख सिम्फोन सिचालेनलगायत सहभागी वार्तामा दुई देशका पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चहरुमा मिलेर काम गर्ने समझदारी भएको थियो । बरिष्ठ नेता नेपालको नेतृत्वमा विहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्र विष्णु रिजाल, जयन्ती राई र विना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी छन् । प्रतिधिनिण्डल माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies