/  Thu, February 21, 2019

गोरुले हानेर घाइते भएका घिमिरेको परिवारमा प्रवासीले ल्याईंदे खुसी

काठमाडौं । प्रवासमा कार्यरत नेपालिहरुको सहयोगी एवं परोपकारी भावनाले फेरि एउटा परिवारमा खुसियाली फर्काएको छ । यो खुसी भोजपुर षडानन्द -११ स्थायी बसोबास भएका केदार घिमिरेको परिवारमा फर्किएको हो ।

घिमिरेको उपचार सहयोगार्थ संकलित रकम ६७ हजार तीन सय सत्तरी रुपैया(युएईबाट ५६७७० तथा मलेसिया बाट १०६००)११ माघ शुक्रवारका दिन समाजसेवी शिव कुमार राई, लोक बहादुर राई र बिदुर साम्पाङ्ग राईको उपस्तिथिमा घाइते परिवारलाई हस्तान्तरण गरिएको सहयोग अभियानका सल्लाहकार भक्त बहादुर तामाङले जानकारी दिए ।

घिमिरे आफ्नै गोरुले हान्दा गम्भीर घाइते भएका थिए । उक्त घटना पश्चात घिमिरेको विराटनगर स्थित मोडेल अस्पतालमा शल्यक्रिया गरिएको थियो । कमजोर आर्थिक अवस्थाको कारण उपचारमा समस्या आएपछि भोजपुर स्थायी बसोबास भै युएईलाई कर्म थलो बनाई कार्यरत भोजपुरेहरुले ज्ञानेन्द्र ब राई संयोजक तथा भक्त बहादुर तामाङ र राम कुमार तिरुवा सल्लाहकार रहेको ७ सदस्यीय सहयोग समिति गठन गरि सहयोग संकलन अभियान चलाएको थियो । यसै गरि मलेसियामा अर्जुन रिमालको सकृयतामा सहयोग संकलन गरिएको थियो ।

आफ्नो उपचारार्थ प्राप्त सहयोगले आफुले पुनर्जीवन पाएको साथै परिवारमा खुसियाली फर्किएको बताउदै घाईते घिमिरेले आफ्नो उपचारकोलागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई धन्यवाद व्यक्त गरे ।

सहयोग अभियानका सल्लाहकार भक्त बहादुर तामाङले प्रवासबाट विगत देखि नै सामाजिक क्षेत्र तथा अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमापनी सहयोगलाई निरन्तरता दिने बताए ।

माघ १३ गते, २०७५ - १२:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जामन्त्रीद्वारा १३२ केभीको सवस्टेशन उद्घाटन

बर्दिया। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा...   

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै – उपराष्ट्रपति

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम...   
अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा

काठमाडौं । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी...   

तपाईं सामाजिक सञ्जालको गलत प्रयोग त गरिरहनुभएको छैन ? कस्तो कसुरलाई कस्तो सजाय ? थाहा पाउनुहोस्

काठमाडौँ। सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने...   
जलजला परियारको ‘भाग्य यस्तै’मा अञ्जली अधिकारीले गरिन् रुवाउने अभिनय (हेर्नुहोस् भिडियो)

जलजला परियारको ‘भाग्य यस्तै’मा अञ्जली अधिकारीले गरिन् रुवाउने अभिनय (हेर्नुहोस् भिडियो)

काठमाडौं । चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको...   

वाणिज्य बैंकहरुले तोकिएअनुसार ऋण लगानी गरेन

काठमाडौँ। वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने...   

हेर्नुहोस् आजको मन्त्रिपरिषद् बैठकले गरेको २३ महत्वपुर्ण निर्णयहरु

काठमाडौं। मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना...   

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष तोक्न आदेश

सियोल। दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश...   

नेकपाले पाठकले घुस लिएको भिडियो अख्तियारलाई बुझायो

काठमाडौँ । अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो नेपाल कम्युनिष्ट पार्टी...   
शुरू भयो अक्षरयात्रा

शुरू भयो अक्षरयात्रा

कावासोती। नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top