Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

स्वीटजरल्याण्ड। विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका छन् । यतिबेला, करीब ११ हजार मात्र जनसङ्ख्या बसोबास गर्ने डाभोस क्लोस्टर्स शहरका होटल विश्वभरका आगन्तुकले भरिएका छन् । मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष क्लाउस स्वाबले विश्वभरबाट भेला भएका करीब १०० देशका तीन हजार प्रतिनिधिलाई स्वागत गर्दै विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई मिलेर समाधान काम गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनका असर, गरीबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितका लागि सबैले योगदान गर्नुपर्ने बताए । स्विट्जरल्याण्डका राष्ट्रपति उइली माउररले डाभोस मञ्चले कुनै भेदभाव नगरी सबैको आपसी सहयोगबाट विश्वका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । सो सत्रमा माइक्रोसफ्ट कम्पनीका कार्यकारी प्रमुख सत्य नाडेल्लालगायत विश्वलाई नै प्रतिनिधित्व गर्ने सार्वजनिक क्षेत्रका चर्चित र सफल युवाले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले स्थानीयकरणले नै विश्वव्यापीकरणलाई सघाउने बताएका थिए । सत्रको सहअध्यक्षता गर्ने युवा बसिमा अब्दुलरहमान, हुआँ डेभिड अरिस्टीजवाल, नूरा बेरुवा, जुलिया लुस्कोम्बे, मोहम्मद हसन मोहमुद, सत्य नाडेल्ला र अकिरा साकानोले आफ्ना सफलता र आफ्नो क्षेत्रबाट के कसरी योगदान गरी विश्वको मुहार फेर्न सकिन्छ भन्नेबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रथमपटक प्रधानमन्त्रीस्तरमा यस मञ्चमा सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत उपस्थित थिए । सम्मेलन स्थलमा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका पूर्व राष्ट्रपति अलाइन बर्सेटसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच यसअघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा पनि भेट भएको पूर्व राष्ट्रपतिले सम्झना गर्नुभएको प्रधानमन्त्री ओलीले बताए । उद्घाटनपछि प्रधानमन्त्री ओलीले ‘दक्षिण एशिया ः एक रणनीतिक दृष्टि’ शीर्षकको परिसंवाद कार्यक्रममा वक्ताका रुपमा भाग लिएका थिए । नेपालको द्वन्द्वपछिको अवस्थामा शान्ति प्रक्रिया हुँदै संविधान निर्माण गरी कसरी मुलुक परिवर्तन र समृद्धिको बाटोमा अघि बढाइरहेको छ भनी सञ्चालक पान्गेस्तुले सोध्दा प्रधानमन्त्री ओलीले वार्ताबाट द्वन्द्व समाधान गरेको र नेपालमा संविधान जारीपछि कानूनी संरचना निर्माण गरेर दुई छिमेकी देश चीन तथा भारतलगायत सार्क राष्ट्रसँग मजबुत सम्बन्ध निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढेको बताए । त्यसअघि प्रधानमन्त्री ओलीले जर्मनीका ‘डिडब्लु टिभी’ तथा चीनको ‘सिसिटिभी’लाई अन्र्तवार्ता दिँदै नेपालको विद्यमान विकास प्राथमिकता, आर्थिक वृद्धि तथा समृद्धिका लक्ष्य प्राप्त गर्न अपनाइएका नीति र कार्यक्रमका विषयमा जानकारी दिएका थिए । हिजै साँझ प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य प्राध्यापक क्लाउस स्वाबले सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा दिनुभएको रात्रिभोजमा सहभागी भएका थिए । यसैबीच, अर्थमन्त्री डा खतिवडाले अङ्कटाडका पदाधिकारीसँगको छलफलमा भाग लिएका थिए । सो अवसरमा विकासोन्मुख मुलुकमा वैदेशिक लगानी घटेकामा आफूले चिन्ता व्यक्त गरेको गनले जानकारी दिए । लगानी प्रक्रियालाई परिवर्तन गर्नुपर्ने र स्थानीय जनतालाई पनि शेयरमा सहभागी गराएर अपनत्व भएपछि मात्र कुनै पनि परियोजना सफल हुने आफूले बताएको राससलाई जानकारी दिए । यसका लागि नयाँ ढाँचा आवश्यक पर्ने र सरकारी, निजी तथा दातृ निकायसँगै बसेर गर्न सक्ने उहाँले बताए । सो अवसरमा अङ्कटाडकम वरिष्ठ निर्देशक जेम्स झानले भाग लिएका थिए । मङ्गलबार नै परराष्ट्र सचिव शङ्कर वैरागीले स्विस सङ्घीय परिषद्का मन्त्री पास्कल बाएरिस्विलसँग भेटवार्ता गगरो थिए । उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । अत्यन्त चिसो भए पनि सबैतिर हिउँले ढाकिएको वातावरणले डाभोसको सुन्दरतालाई अझ बढाएको छ । स्वयंसेवक र सुरक्षाकर्मीले अत्यन्त चुस्तरुपमा यस बृहत् भेलालाई व्यवस्थित गरिरहेका छन् । सम्भ्रान्तको क्लब पनि भनिने यस भेलामा चीनबाट पनि प्रतिनिधित्व हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँको वातावरण अत्यन्त चिसो भएकाले हिउँ पर्ने तर पग्लन पनि नसकी थुप्रिने भएकाले जताततै हिउँको थुप्रोले सुन्दर आकृति पनि देखिन्छन् । प्रत्येक रुखले पनि हिउँकै भारी बोकेका छन् । सडक सञ्चालन गर्न नुन प्रयोग गरिने गरेको बताइन्छ । सडकमा भने खासै हिउँ देखिँदैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies