Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

क्रिस्टियानो रोनाल्डोलाई करछली मुद्दा, १ करोड ८८ लाख युरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न मड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन्। मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय पनि उल्लेख छ। तर स्पेनमा सामान्यतया दुई वर्षभन्दा कम जेलसजाय पाउनेहरू जेल जानुपर्दैन। अहिंस्रक प्रकृतिको मुद्दा भएकोले सम्झौता अनुरूप रोनाल्डो जेल बस्नुपर्ने सम्भावना देखिँदैन। सम्झौतामा सहमत भएपछि केही मिनेटभन्दा बढी अदालतमा उनी बस्नुपरेन। यसअघि भिडिओमार्फत् अदालतमा उपस्थिति जनाउन वा कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन रोनाल्डोले गरेको आग्रह एक न्यायाधीशले अस्वीकार गरिदिएका थिए। अघिल्लो रात मात्रै इटलीको एउटा क्लबका लागि खेलेका रोनाल्डो मुस्कुराउँदै अदालत प्रवेश गरेका थिए। त्यसअघि उनी सञ्चारमाध्यमहरूको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका थिए। रोनाल्डोका वकिलहरूले सुरक्षाका कारण प्रमुख प्रवेशद्वाराबाट उनले प्रवेश गर्न नचाहेको तर्क गरेका थिए। एकजना पत्रकारले पोस्ट गरेको भिडियोमा रोनाल्डो बिहेको टुङ्गो लागेको आफ्नी साथी जर्जिना रोड्रिग्रेजसँगै अदालत पुगेको देखिएको थियो। पाँच पटकसम्म युरोपको बालन डोरु अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन्। यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल मड्रिड फुटबल क्लबका लागि खेल्दा कर छलेको उनीमाथि आरोप छ। करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको आरोप छ। रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो। त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट जानाजान करछली भएको बताएका थिए। तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभइ स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताउने गरेका छन्।स्पेनमा करछलीको आरोप खेप्ने चर्चित व्यक्तिमा रोनाल्डो मात्रै पर्दैनन्। रियल मड्रिडको उनका पूर्वसहकर्मी शाबी ओलन्सो पनि करछलीसम्बन्धी मुद्दामा मङ्गलवार नै पहिलो पटक अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। त्यसअघि करछलीको अभियोग प्रमाणित भएपछि कर र जरिवाना तिरेर बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सी जेल जानबाट जोगिएका थिए। कर छलेको आरोपमा बार्सिलोना क्लबलाई लाखौँ युरो जरिवाना तिर्न लगाइँदा सो प्रकरणमो केन्द्रमा ब्राजीलका खेलाडी नेयमार थिए। रियल मड्रिडका मार्सिलो भिएराले आफूले कर छलेको स्वीकार्दै चार महिनाका लागि जेलसजाय स्वीकारेका थिए। स्पेनमा सन् २०१० मा करछलीमा उन्मुक्ति दिनेसम्बन्धी व्यवस्था हटेपछि ठूला खेलाडीहरूमाथि ती मुद्दा चलेका हुन्। रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन्। सन् २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies