Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आजबाट पोखरामा नेपाल–भारत जेएसटिसीको छैटौँ बैठक

काठमाडाै । नेपाल–भारत ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौँ (जोइन्ट स्टेयरिङ कमिटी (जेएसटिसी) बैठक बुधबारदेखि पोखरामा हुने भएको छ । बैठकमा भाग लिन भारतीय ऊर्जासचिव अजय भल्ला नेतृत्वको टोली नेपाल आइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ । बैठकमा न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, १ सय ३२ केभीको कटैया–कुसाहा प्रसारण लाइन र रक्सोल–परवानीपुर दोस्रो सर्किट प्रसारण लाइन निर्माण र भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाबारे छलफल हुने मन्त्रालयले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - यस विषयमा सचिव भल्लाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा जानकारी गराएका छन् । सोहीक्रममा सचिव भल्लाले न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनबारे प्राविधिक तहमा पर्याप्त छलफल भएको भन्दै सचिवस्तरीय बैठकमा त्यसको टुंगो लगाउने गरी छलफल गर्ने तयारी रहेको जानकारी गराए । साथै इनर्जी बैंकिङ गर्न प्राविधिक तहमा छलफल भएको भन्दै त्यसमा सहमति प्रयास हुनेसमेत उनले बताए । मन्त्री पुनले नेपालले भारतसँग ऊर्जा क्षेत्रमा थप सहकार्यका लागि नेपाल इच्छुक रहेको बताए । मन्त्री पुनले सरकारले बुढीगण्डकी र दूधकोसीजस्ता ठूला जलाशययुक्त आयोजना बनाउन लागेको भन्दै त्यसले भारतको बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने बताए । उनले तल्लो तटीय लाभका बारेमा समेत नेपालले भारतसँग छलफल गर्न चाहेको बताए । ‘हामीले नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउँदै छौँ,’ उनले भने, ‘यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्ने हामीलाई विश्वास छ ।’ उनले भारत सरकारले संशोधन गरेको अन्तरदेशीय विद्युत् व्यापारको निर्देशिकाले नेपालको विद्युत् व्यापारका लागि सकारात्मक हुने भन्दै धन्यवादसमेत दिए । नेपालमा हाल दुईतिहाइ बहुमतसहितको स्थायी सरकार रहेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन उनले आग्रह गरे । ‘हाल देशमा बलियो र स्थिर सरकार छ,’ मन्त्री पुनले भने, ‘तपाईंमार्फत भारतीय लगानीकर्तामा नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ भन्ने सूचना प्रवाह होस् भन्ने चाहन्छु ।’ मन्त्री पुनसँगको भेटमा सचिव भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतिबारे समेत मन्त्री पुनलाई जानकारी गराएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies