Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नक्कली भिसामा किन नेपाल आउँछन् विदेशी ?

काठमाडौं । नेपालको नक्कली भिसा सहजै बेचबिखन भइरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्ला तर वास्तविकता हो यो । नेपालले ११ देशका नागरिकबाहेक अन्यलाई अनअराइभल भिसा दिने गरेको छ । नेपालको नक्कली भिसा किनबेच हुनु र त्यस्तो भिसामा कुनै विदेशी यहाँ आउनु स्वाभाविक होइन । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - पछिल्लो पटक नेपालको नक्कली भिसामा यात्रा गर्ने ५ विदेशी अध्यागमनको हिरासतमा छन् । तीमध्ये ३ नाइजेरियाली र २ टर्किस हुन् । नक्कली भिसामा वर्षैभरि अनेकौं विदेशी नेपाल प्रवेश गर्नु र ओभरस्टे बस्नु, उनीहरू के गर्छन् गृह र सुरक्षा निकायले कुनै अनुगमन नगर्नुले देश कुनै संदिग्ध संगठित आपराधिक वा आतंककारी समूहको सुरक्षित ठेगाना त बनिरहेको छैन ? उनीहरूले ठूलै घटनाको योजना बनाइरहेका त छैनन् ? आशंका जन्माएको छ । सेनाका अवकासप्राप्त उपरथी ताराबहादुर कार्कीले नक्कली भिसा लिएर नेपाल प्रवेश गर्न खोज्ने विदेशीका गतिविधिले राष्ट्रिय सुरक्षामा चुनौती बढाउने बताए । ‘त्यस्ता व्यक्ति आतंककारी गतिविधिमा संलग्न भएका हुन सक्छन्’, उनले भने, ‘विदेशीमाथि प्रभावकारी अनुगमन हुनुपर्छ ।’ आतंकवाद, मानव तस्कर, लागुऔषध कारोबारलगायत अवाञ्छित गतिविधिमा संलग्न विदेशीले मात्र नक्कली भिसा प्रयोग गर्ने उपरथी कार्कीले बताए । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै त्यस्ता व्यक्तिले दुवै देशमा आपराधिक र आतंकवादी क्रियाकलाप गर्ने सम्भावना उनले व्यक्त गरे । कैयौं विदेशी नक्कली भिसा किनेर नेपाल आउन थालेका छन् । उनीहरू किन त्यस्तो भिसामा नेपाल यात्रा गर्छन् ? सुरक्षा निकाय, अध्यागमन विभाग र गृह मन्त्रालय कसैले पनि यसको कारण खोतल्ने प्रयाससम्म गरेका छैनन् । अधिकांश देशका बासिन्दाले नेपालको भिसा सहजै पाउँछन् तर किन नक्कली भिसा किन्छन् ? अनुसन्धानमा जुटेको अध्यागमन विभागसँग समेत यसको जवाफ छैन । विदेशी भूमिमा नेपालको नक्कली भिसा बन्नुमा कुनै नेपाली एजेन्टको नै सहभागिता हुनसक्ने देखिएको छ । प्रभावकारी अनुसन्धान नहुँदा जाली भिसा र राहदानीमा यात्रा गर्ने विदेशीले सजिलै उन्मुक्ति पाउँदै आएका छन् । नेपाल प्रवेश गरेदेखि नर्फकिउन्जेल सबै विदेशीमाथि निगरानी राख्नुपर्ने सुरक्षा मामिलाका जानकारहरू बताउँछन् । विदेशीको प्रभावकारी निगरानी नगर्ने हो भने कुनै पनि समय उनीहरूका गतिविधिले समस्या निम्त्याउन सक्ने सुरक्षा मामिलाका जानकारको भनाइ छ । नक्कली भिसावाहक विदेशी पक्राउ परे पनि त्यस्तो भिसा कहाँ र कसले बनाउँछ अध्यागमन र गृह कसैले पनि अनुसन्धान गरेको छैन । अध्यागमन विभागका महानिर्देशक समेत भइसकेका पूर्वसचिव शरदचन्द्र पौडेलले किर्ते गर्न नसकिने सुरक्षित भिसा लागू गरे मात्र नक्कली भिसा प्रयोग रोकिने बताए । नेपालको भिसा हुलाक टिकट जस्तो सामान्य भएकाले सजिलै नक्कली बनाउन सकिन्छ । जाली भिसा प्रयोगकर्ताको बयानबाट मात्र नक्कली भिसा बनाउने गिरोहसम्म पुग्न सकिने पौडेलको भनाइ थियो । उनले भने, ‘जतिसक्दो छिटो धेरै सेक्युरिटी फिचर भएको भिसा लागू गर्नु पर्छ ।’ पुस अन्तिम साता ३ नाइजेरियाली नेपालको नक्कली भिसा प्रयोग गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले पक्रेको हो । नेपालको भिसा नक्कली भएको भन्दै थाई अध्यागमनले फर्काएका ३ टर्कीस पनि हिरासतमा छन् । ३ मध्ये २ टर्कीससँग नेपालको नक्कली भिसा छ । उनीहरूले एजेन्टको सहयोगमा भारतमा नेपालको भिसा किनेको बयान दिएका छन् । नाइजेरियालीले लिएको भिसा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावास र केन्याको नैराबीस्थित नेपालको कन्सुलेटबाट जारी भएको देखिएको छ । उक्त भिसा ती निकायबाट जारी नभएको पुष्टी भएको छ । उनीहरूले प्रति भिसा ५ सय अमेरिकी डलर तिरेको बयान दिएका छन् । बयानमा उनीहरूले नाइजेरियाली एजेन्टको सहयोगमा भिसा लिएको बताएका छन् । विभागले पक्राउ नाइजेरियाली ओनुओरा नेवेचुकवा, अजम एन्थोनी र इमेका पान उचेकाबारे थप अनुसन्धान गरिरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies