Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एक महिने लम्बे अभियानमा निस्कदै डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले असल राजनीतिका लागि एक महिने लम्बे अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा संयोजक भट्टराईले पनि मध्यपहाडी र पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन् । असल राजनीति र समावेसी विकासका लागि जनसंवादुको नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा एक महिनाभरी नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुनेछन् । नयाँ शक्तिको लुम्बिनी बैठकको वैचारिक कोषेढुंगापछि यसलाई सांगठनिक कोषेढुंगा बनाउँदैछौ, अभियानको उद्देश्यबारे चर्चा गर्दै संयोजक डा. भट्टराईले बताए । पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रियारछलफल गरिने उनले स्पष्ट पारे । \'केन्द्रदेखि स्थानीय तहसम्म राजनीति भ्रष्टाचारको दुष्चक्रममा रुमल्लिएको छु, संयोजक भट्टराई भन्छन् – \'भ्रष्टाचारको जालो नतोडेसम्म र अहिलेको संरचनात्मक अवरोध अर्थात् राजनीतिक सिन्डिकेट नतोडी मुलुकलाई समृद्धिको दिशामा तीव्र ढंगले अगाडि बढाउन सकिन्न ।\'उनले स्थानीय तहदेखि नै असल राजनीतिकालागि एउटा जागरणको आवश्यकता देखिएकोले अभियान सञ्चालन गर्न लागिएको बताए । गाउँ-शहरमा घुम्दा स्थानीय जनप्रतिनिधिहरु टुहुराटुहुरीजस्तै अविभावकविहिनजस्तै पाएको उनको अनुभूति छ । \'संघीयताको सशक्त कार्यान्वयन गर्दै समावेशी विकासलाई प्रवर्द्धन गर्न सत्ता सञ्चालकहरु उदासीन छन्\', उनी भन्छन् – \'संघीयतालाई पञ्चायतकालीन विकेन्द्रीकरणको तहमा खुम्च्याएर सिंहदरबारको निगाहमा चलाउन खोज्ने दुस्साहसविरुद्ध हामी स्थानीय जनप्रतिनिधिसँग संवाद गर्नेछौं र संघीयताको मर्मको बारेमा स्पष्ट पार्नेछौं ।\' संघीयतालाई शासकको दया र निगाहभन्दा स्थानीय तहको अधिकारको रुपमा स्थापित गर्न ढिला भइसकेको उनको बुझाई छ । आफूले हालसालै युरोप र अमेरिकाको भ्रमण गरेर विज्ञान, दर्शन, अर्थतन्त्र र राजनीतिक क्षेत्रमा आएका परिवर्तनबारे अध्ययन गरेको भन्दै संयोजक भट्टराईले एकपटक दूरदराजका नागरिकसँग प्रत्यक्ष संवाद गर्न चाहेकोले एक महिनासम्म निरन्तर सञ्चालन गरिने अभियानमा आफू प्रत्यक्ष सहभागी हुन लागेको स्पष्ट पारे । अभियानको क्रममा विकास र समृद्धिको मार्गचित्रबारे स्पष्टता हासिल गर्ने, स्थानीय जनताको समस्या र बुझाइबारे जानकारी हासिल गर्ने, समृद्धिको सपनालाई विपनामा रुपान्तरण गर्न असल राजनीतिक अभ्यासलाई अगाडि बढाउन भूमिका खेल्ने लगायतका उद्देश्य राखिएको संयोजक भट्टराईले बताए । अभियानको पूर्वतयारीको रुपमा पार्टीका हेडक्वार्टर सदस्यहरु गंगा श्रेष्ठ, प्रशान्त सिंह र युवा शक्ति नेपालका उपाध्यक्ष भीम पराजुलीले अभियान सञ्चालित हुने मार्गको अध्ययन, अनुसन्धान गरेर काठमाडौं फर्किसकेका छन् । अभियानको क्रममा पुष्पलाल लोकमार्ग आसपास अन्तरक्रिया, कोणसभा, पैदलयात्रा आदिका माध्यमबाट जनसंवाद गरिने योजना रहेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । \'विकृति, विसंगतिविरुद्ध व्यापक जनसहभागिता हुनेगरी अभियान सञ्चालन हुनेछु, पाण्डे भन्छन् – \'यो अभियान समावेशी समृद्धि र सुशासनका पक्षमा एउटा जागरण अभियानको रुपमा अगाडि बढ्नेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies