Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

घरआँगनमै मधेश सरकार, सङ्घीयताको उपलब्धि हुँदै

वीरगञ्ज। पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको भनी खुशी ब्यक्त गरेकी छन् ।  विसं २०६३ यता आफनो अधिकारका लागि भएको तीन चरणको मधेश आन्दोनलको उपलब्धिका रुपमा घरआँगनमै मधेश सरकार आएपछिको परिणाम कृतिले घरदैलामा आधाघण्टामै वंशजको नागरिकता पाउनु हो । बलिदानीपूर्ण सङ्घर्षको यात्राबाट सङ्घीयता व्यावहारिक रुपमै संस्थागत भएपछि पश्चिमी पर्साको सुगम गाउँका मानिस मात्र नभएर अतिविकट तथा दुर्गम गाउँका बासिन्दासमेत खुशी छन् । विसं २०७२ मा तत्कालीन सरकारले गरेको निर्णयानुसार हालै जिराभवानी गाउँपालिका, सुपौली गाउँमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस भेगका ठोरी, जगरनाथपुर, जिराभवानी तथा पटेर्वा सुगौली गाउँपालिकाका करीब एक लाख जनताले घरआँगनबाटै सेवा सुविधा लिन थालेको निर्मलबस्तीका लालबहादुर श्रेष्ठले बताए । स्थानीय नेकपाका नेता भोला महतो थारु भन्छन्,“मधेशको विकासँग जोडिएको मुद्दालाई वर्तमान सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेकाले नै आज पर्साको घरआँगनमा जनताले सेवा सुविधा पाइरहेका छन् । ” नागरिकतालगायत सेवासुविधा प्राप्त गर्न घर अगाडि नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिचानसहितको सङ्घीयताको जग बलियो हुँदै गएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ बताउछन् । उनी भन्छन्, “लामो समयसम्म विकास नपाएका जनताले स्थानीय निर्वाचनपछि घरआँगनमै सेवासुविधा पाउनु सङ्घीयताको उपलब्धि हो ।” इलाका प्रशासन कार्यालय स्थापना भएपछि सदरमुकाम वीरगञ्जबाट करीब ४२ किलोमिटर पश्चिम दुर्गममा रहेको ठोरी गाउँपालिकाका बासिन्दा छोटो समयमा सबै सुविधा लिएर एकै दिनमा घर फर्किने अवस्था आएको ठोरी ५ सुवर्णपुरका वडाध्यक्ष रामबहादुर पाख्रिनले बताए । लामो समयदेखि सो भेगका बासिन्दा वृद्धभत्ता, जन्मदर्ता, विवाहदर्ता, विधवा भत्ताजस्ता सुविधाबाट वञ्चित हुँदै गएकामा अब आफ्नै घरआँगनबाट नागरिकतालगायत सेवासुविधा पाउन थालेकाले गाउँमै सिंहदरबार आएको जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत थारुको भनाइ छ । देशमा सङ्घीयता आएपछि मधेशी जनता करदाताबाट मतदाता हुँदै अहिले नेतासम्म बनेका छन् भने राजनीतिक चेतनास्तर र विकास घरघरमा पुगेको देखिन्छ । पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies