Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मुख्यमन्त्री राईसामु चिया किसानको यस्तो गुनासो आएपछि...

पशुपतिनगर। नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् । सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् ।  भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणिकरण नगरिएका कारण समस्या भएको चिया उद्यमी उदय चापागाईंले बताए । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च भए पनि जैविक चिया उत्पादन नभएका कारण समस्या भएको उनको भनाइ थियो । चियामा विषादीको प्रयोग अन्त्य गर्न र जैविक चिया उत्पादनका लागि किसानलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको माग थियो। चियाखेती शुरुआत भएको इलाममा उत्पादन हुने १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा बिक्री गरिँदै आएको छ । नेपालमा चियाखेती र उत्पादन भए पनि लोगो नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालमा चिया उत्पादन हुनेबारे तेस्रो मुलुकका व्यपारीलाई थाहा नै नभएकाले आधिकारिक लोगो लागू हुनुपर्ने व्यावसायीले माग गरेका थिए । सूर्योदय टि एशोसिएशनका अध्यक्ष पुनम राईले नेपाली चिया भारतीय बजारमा लगेर बिक्री गर्नपर्ने बाध्यता रहे पनि सहज निर्यातमा समस्या रहेको बताए । “तेस्रो मुलुकमा नेपाली चिया निर्यात गर्न जैविकताको प्रमाणीकरण नहुँदा भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ ”, अध्यक्ष राई भने, “चिया निर्यातका लागि काँकरभिट्टाको नाकामा भारतीय भन्सारबाट अनेक झन्झट बिहेर्नुपरेको छ ।” चार दिनमा कलकत्ताको बजारमा पुग्नेमा अहिले १५ दिनसम्म लाग्ने गरेकाले नेपाली चियाले राम्रो बजार पाउन नसकेको उनले बताए । उद्योग स्थापना हुने क्रम बढेपनि कच्चा पदार्थ उत्पादन कम भएकाले चियाको नयाँ बगान विस्तारका लागि सरकारले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने उक्त एशोसिएशनका सचिव गोपाल कट्टेलले बताए । विसं २०७० पछि चियाखेती विस्तारभन्दा पनि उद्योग खुल्ने क्रम बढेको र सरकार तथा गैरसरकारी संस्थाले उद्योग स्थापना र उपकरणमा मात्रै अनुदान दिएकाले अब किसानलाई जैविक उत्पादन तथा विस्तारका लागि पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिए । नेपालको सिटिसि चियाको आन्तरिक खपत ८० प्रतिशत भए पनि अर्थोडक्स चियाको खपत ११ प्रतिशत मात्रै भएकाले आन्तरिक बजार विस्तार र प्रचारमा सरकारले सहयोग गर्नुपर्ने चिया उद्योगी सोनाम लामाले बताए । नेपाली चिया देशभित्रै खपत कम हुँदा ९० प्रतिशत भारतको कलकत्ताको बजारमा भर पर्नुपर्ने बाध्यता भएकाले अर्थोडक्स चियाको आन्तरिक बजार विस्तारका लागि प्रदेश सरकारले प्रचारप्रसार र बजार खोज्न पहल गर्नुपर्ने लामाको भनाइ थियो । अर्थोडक्स चिया युरोपका बजारमा बिक्री गर्दै आउनुभएका उद्यमी उदय चापागाईंले चियाको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि जैविक हो भन्ने प्रमाणित नगरिँदा समस्या भएको बताए । प्रमाणिकरण भएको चिया जति पनि युरोपमा बिक्री हुन्छ र माग पनि बढी छ तर नेपाली चिया सबै जैविक हो भन्ने प्रमाणिकरण नभएकाले विषादीको अझै प्रयोग गर्ने चलन छ, चापागाईंले भने, “चिया क्षेत्रमा उद्योग र उपकरणमा लगानी बढ्दै गए पनि किसानका लागि कुनै कार्यक्रम नभएकाले चियालाई जैविक बनाउन प्रदेश सरकारले कार्याक्रम ल्याउनुपर्छ ।” चिया उद्यमी तथा इलाम क्षेत्र नं१ का प्रदेश सांसद काजिमान कागतेले चियाको गुणस्तर सुधार र नयाँ बगान विस्तारमा सहयोग गर्न माग गरे । “चियाको टिपाइदेखि, प्रशोधनसम्मको गुणस्तर सुधार गरिएकाले राम्रो मूल्यमा चिया बिक्दै आएको छ,” उनले भने, “उद्योग खोल्ने अभियानले गर्दा अहिले उद्योगको क्षमताभन्दा कम कच्चापदार्थ उत्पादन भएकाले नयाँ बगान विस्तारका लागि सरकारले प्रतिरोपनि तथा प्रतिहेक्टरका आधारमा सहुलियतदरमा ऋण प्रदान गर्नुपर्छ ।” मुख्यमन्त्री राईले नेपाली चियाको इतिहास डेढसय वर्ष नाघे पनि लोगो बन्न नसकेको दुःख व्यक्त गर्दै चियाको समस्या समाधान गर्न तीनै तहका सरकारले पहल गर्नुपर्ने बताए । किसानका समस्या समाधान नगरे देशको समृद्धिको कुरा गर्नु व्यर्थ हुने भएकाले चाँडोभन्दा चाँडो चिया अनुसन्धान केन्द्र स्थापना गरी त्यस केन्द्रबाट सबै काम गर्नुपर्नेमा उहाँले जोड दिए । चियाको प्रवद्र्धनका लागि छुट्टै चिया विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारले छलफल अघि बढाएको र कृषिमा औद्योगिकरण गर्न चाँडै वृहत योजना कार्यान्वयमा ल्याइने पनि मुख्यमन्त्री राईले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies