Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

धनुषाधाममा मकर मेला शुरु

धनुषा । जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आजदेखि शुरु भएको छ । माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका श्रद्धालुभक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गर्ने गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको सो धाममा मेला भर्न आउने भक्तजनको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको सीता स्वंयम्बरमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले भाचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा सो धाममा झरेको किम्वदन्ती रहेको मन्दिरका महन्थ भरत दासले बताए । धनुषधाममा खसेको धनुषको उक्त कालो रङ्गको सीलामाथि अहिले पिपलको रुख छ । उक्त रुख ५०० वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पिपलको बोटमा मणी नागको बास रहेको बताइन्छ । अमावस्या तिथिका दिन मध्य रातमा मणी नाग देखिने र पूरै मन्दिर हरियो रङ्गले रङ्गिने गरेको जनविश्वास छ । सो स्थानमा धनुषबाबाको मन्दिर निर्माण पश्चात माघ महीनामा मकर मेला लाग्ने गरेको छ । श्रद्धालुभक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्ने गर्दछन् । जनकपुरदेखि करीब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधाममा सो धनुषको पूजाअर्चना गर्न वर्षेनी लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने गर्दछन् । यहाँ भारतीय भक्तजन बढी आउने गर्दछन् । यस्तै अमेरिका, थाइलेण्ड, सिङ्गापुरलगायत अन्य देशबाट पनि पर्यटक आउने गर्छन् । महन्थ दासका अनुसार युरोपेली मुलुकका पर्यटक धार्मिक स्थानको अवलोकन गर्नुभन्दा प्राकृतिक र मनोरम दृश्य पहाड, हिमाल, ताल, सरोवर आदिको अवलोकन गर्न बढी रुचाउँछन् । सो स्थानमा पाँच महीना मेला लाग्ने गर्छ । मङ्सिरमा रामजानकी विवाह पञ्चमी महोत्सव, माघमा तिलासङ्क्रान्तिदेखि पाँच वटा आइतबारसम्म मकर मेला, फागुन महीनामा हुने मध्यमा परिक्रमाको बेला नवमीका दिन, चैत्र महीनामा रामनवमीका दिन गरी कूल पाँच पटक मेला लाग्ने गर्छ । मिथिला महात्मयका अनुसार पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies