Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यसकारण दर्जनौं विकास आयोजना अलपत्र पर्याे

जाजरकोट। वर्षौदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र परेका हुन् । वर्षेनी लिएको काम पूरा नगर्दा जिल्लाको स्वास्थ्य संस्था, पुल अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । जिम्मेवार निकायको खबरदारी कम हुनु र निर्माण व्यवसायी गैरजिम्मेवारी बन्नुले जाजरकोटका दर्जन आयोजना वर्षौंदेखि अलपत्र भएका हुन् । छ महिनाअघि काम नगर्र्ने १४ जना निर्माण व्यवसायीको विवरण गृह मन्त्रालयमा पठाएपनि अहिलेसम्म ती निर्माण व्यवसायी न काममा फर्केका छन् न त जिम्मेवारी बोध नै गरेका छन् । निर्माणको काम समयमै नगर्ने निर्माण व्यवसायीलाई स्थानीय सरकारले दैनिक ताकेता गरेपनि निर्माण व्यवसायीले नटेर्दा समस्या उत्पन्न भएको छ । ६ वर्षअघि निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने जाजरकोट अस्पतालको प्रसूति भवन अहिलेसम्म लथालिङ्ग छ । फ्रेण्ड्स कन्ट्रक्सन प्रालि काठमाडौँका पुष्पराज बजगाईंले २०६८ चैत २६ मा ठेक्का लिई २०७० जेठ २५ मा काम सक्ने सम्झौता गरेको अस्पतालको प्रसूति गृह अहिलेसम्म निर्माण हुनसकेको छैन् । उहाँले निर्माण गर्छु भन्दै पटकपटक म्याद थप्दै आए पनि काम भने जहाँको त्यहीँ छ । सात वर्षसम्म पनि काम पूरा नहुँदा जिल्ला अस्पतालमा दैनिक सेवा प्रवाह प्रभावित हुँदै आएको छ । जिल्ला अस्पतालमा गतिलो भवन नहुँदा आवश्यक उपकरण राख्न र शल्यक्रिया गर्ने ठाउँ र बिरामी कक्षको समेत कमी हुने गरेको छ । दैनिक जिल्ला अस्पातलमा आउने बिरामीको गाली मात्र खानुपरेको अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले बताए । त्यस्तै जिल्लाको शिवालय गाउँपालिकाको मोर्क खोलाको मोटर चल्ने पुल आठ वर्षदेखि अलपत्र छ । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रका छेडागाड नगरपालिका तथा जुनि चाँदे, शिवालय र कुशे गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् । छेडागाड–जुम्ला सडक खण्डभित्र पर्ने यो पुल निर्माण नहुँदा सडकको थप स्तरोउन्नतिेको काम समेत प्रभावित भएको स्थानीय सरकारले बताएका छन् । निर्माण व्यवसायीलाई धेरैपटक सम्पर्क गर्न खोज्यांै तर उहाँहरुले हामीलाई वास्ता गर्नुभएन छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले भने । लामातडा गर्खाकोट सडकलगायतका दर्जनौँ आयोजना अलपत्र छन् । छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिकाको पासागाड खोला पुल पाँच वर्षदेखि निर्माणको सुरसारसम्म छैन् । अन्य सडक निर्माणका काम पनि वर्षौंदेखि अलपत्र अवस्थामा हुँदा स्थानीयवासी पीडित बनेका छन् । करोडका ठेक्का लिने तर बीचमै काम छाडेर भाग्ने निर्माण व्यवसायीको गैरजिम्मेवार तरिकाले गर्दा जाजरकोटवासी हैरान भएका छन् । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–७ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको भवन सात वर्षदेखि निर्माण नहुँदा पानी परको बेला चुहिने हुँदा उपचारमा समस्या भएको केन्द्रका प्रमुख रामप्रसाद गौतमले बताए । जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौँका पुरुषोत्तम मानन्धरले २०६८ असार २२ गते सम्झौता गरेर दल्ली स्वास्थ्य केन्द्रको भवन आधा निर्माण गरेर बीचमै छाडेको थियो । २०७० चैत २० गतेभित्र निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरी सक्नुपर्ने सो भवन ठेकेदारले बीचमै काम छोडेको र नगरपालिकाले पटक/पटक निर्माणको तोकेता गरे पनि सम्पर्कमा नआएको बताइएको छ । पूर्वी क्षेत्रको सबैभन्दा ठूलो जनसङ्ख्या भएको यो क्षेत्रमा दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको भए पनि उपचार गर्ने ठाउँको अभावमा कठिनाइ भोग्न बाध्य भएका छन् । आवश्यक उपकरण राख्ने ठाउँसम्म नहुँदा दैनिक उपचार, प्रसूति गराउने कक्षको अभावमा उपचार प्रभावित हुने गरेको स्वास्थ्य शाखाका प्रमुख गौतमले बताउनुभयो । त्यस्तै नलगाड जलविद्युत् आयोजनको कालीमाटीदेखि बारेकोट गाउँपालिकाको अधँेरी खोलासम्म निर्माण हुने पहुँच मार्गको काम तोकिएको मितिमा नहुँदा दैनिक यो क्षेत्रमा यात्रा गर्ने स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षेनी अधुरा काम पूरा गर्न सांसददेखि मन्त्रीसम्म स्थानीयवासीले ज्ञापनपत्र बुझाए पनि सरोकारवाला निकायले गम्भीरता नदेखाउँदा जिल्लाको विकास निर्माणले गति लिन सकेको छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies