Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कारागारमा जबर्जस्ती करणीका कैदीहरू हवात्तै धेरै बढे

दाङ। दाङ तुलसीपुर कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका छन् । कारागारमा रहेका कुल ४११ कैदीबन्दीमध्ये १४१ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका निमित्त जेलर जोखिम वलीले जानकारी दिनुभयो । त्यस्तै कुल कैदीबन्दीमध्ये ९५ कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये ८६ पुरुष र सात महिला कैदीबन्दी छन् भने एक पुरुष र एक महिला थुनुवामा रहेका छन् । यसैगरी लागुऔषधका ६० जना रहेका छन् । तीमध्ये ५५ पुरुष कैदी छन् भने दुई कैदी र तीन थुनुवा गरी पाँच महिला छन् । त्यस्तै अपहरणका १९, चोरीका १८, बहुविवाह, जिउ मास्ने, डाँका/चोरीका १५/१५ जना रहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसार, ज्यान मार्ने उद्योगका छ, ठगीका पाँच, सवारी ज्यानका पाँच, गौवधका तीन, अप्राकृतिक मैथुनका दुई, आललागीका तीन, वन पैदावारका तीन, सार्वजनिक अपराधका दुई, अङ्गभङ्गका एक र अन्य दुई जना कैदीबन्दी कारागारमा रहेका छन् । पाँच बालबालिका आश्रित कारागारमा पाँच बालबालिका आश्रित छन् । तीमध्ये चार बालिका र एक बालक छन् । उनीहरु सबै पाँच वर्षमुनिका रहेको निमित्त जेलर वलीले बताए। उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका दुई अभिभावकका बालिका, बहुविवाहका दुई अभिभावकका बालिका र एक अभिभावकका बालक कारागारमा आश्रित रहेको उनले जानकारी दिए। सात विदेशी कैदी कारागारमा सात विदेशी कैदी रहेका छन् । तीमध्ये अधिकांश भारतका छन् । जबर्जस्ती करणीका तीन, लागुऔषधका दुई, अपहरणका एक, जिउमास्ने उद्योगका एक कैदी गरी सात विदेशी कैदी रहेको निमित्त जेलर वलीले जानकारी दिए । खुला सिमानाका कारण भारतीय नागरिक व्यवसायका लागि नेपाल आउने र नेपाल आएको बेला आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको उनको भनाइ छ । कारागारमा समस्या छैन कारागारको नयाँ भवन निर्माण भएपछि यहाँ ठूलो तथा विकराल समस्या नरहेको निमित्त जेलर वलीले बताए । उनका अनुसार विसं २०३६ मा स्थापना भएको पुरानो भवनमा १०० र विसं २०७४ मा सञ्चालनमा आएको नयाँ भवनमा २०० जनाको क्षमता रहेको छ । तर अहिले ४११ कैदीबन्दी रहेको भए पनि त्यति समस्या नरहेको उनको भनाइ छ । उहाँका अनुसार पुरानो भवनमा १३७ पुरुष र ३२ महिला गरी कुल १६९ कैदीबन्दी रहेका छन् । त्यस्तै नयाँ भवनमा २४२ पुरुष कैदीबन्दी रहेका छन् । महिला चिकित्सक नहुँदा समस्या कारागारमा महिलाको स्वास्थ्य जाँचका लागि महिला चिकित्सक नहुँदा समस्या भएको महिला कैदीले बताएका छन् । “पुरुषका लागि चिकित्सक छन्, तर महिलाका लागि छुट्टै चिकित्सक नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ”, एक महिला कैदीले भनिन्् । त्यस्तै पुरानो कारागारमा शौचालय नभएको, कैदीबन्दीले बनाएका मुडा, ढाँकाको टोपी, पर्स, सिरकडसनालगायतले मूल्य नपाएको गुनासो गरेका छन् । कैदीबन्दीले अफ्नो दैनिक पारिश्रमिक पनि बढाउनुपर्ने माग गरेका छन् । उनीहरुको अहिले पारिश्रमिक दैनिक रु ६० रहेको र उक्त पारिश्रमिकले एक छाक खान नपुग्ने बताए । “दैनिक रु ६० पारिश्रमिकको रुपमा सरकारले छुट्याएको थियो”, उनीहरु भन्छन्, “उक्त पैसाले हामीलाई बिहान रु ३० र साँझ रु ३० ले खाना खानुपर्छ, तपाइ आफैं भन्नुस्, रु ३० को खाना कस्तो हुन्छ ।” कारागारभित्र पनि धेरै कैदी पढ्न इच्छुक भए पनि त्यसको व्यवस्था नभएको र वकिलको सहज पहुँच नहुनेजस्ता समस्या रहेको उनीहरुको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies