Khabar Dabali Logo
  April 22, Mon

लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ -पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताए । उनले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर अगाडि बढ्ने बताए । उनले भने, “जनताका आवाजलाई सधैँ दवाउन सकिदैन, देशका समस्यामा लापरवाही गर्न पाइदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ ।”

वरिष्ठ नेता पौडेलले भने, देशका समस्यामा लापरवाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन् र सरकारलाई सही बाटोमा हिँडाउनलाई जवरजस्ती प्रयास हुन्छन् ।

दूरदराजका जनताले पनि स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा गोविन्द केसीका मागप्रति सरकारले वेवास्ता गरेको बताउँदै उनले भने, दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनु पर्छ । संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ । त्यो अनुरुप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उनको मागलाई सरकारकाले वेवास्ता गरेको छ । उनले अगाडि थपे, त्यो संविधान विपरित पनि छ ।

गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको भन्दै उनले भने, “सरकार दुई वटा अस्पताल खारेजी गर्न उन्मुख हुँदैछ ।

वाइड बडी, सुनकाण्ड, भ्रष्टाचारका काण्ड अगाडि आइरहेको भन्दै उनले सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको आरोप लगाए । पार्टीभित्रको विवाद मिलेको हो भन्ने प्रश्नमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भई नै रहने बताए । उनले भने, केही कुराहरु नेतृत्वको गतिविधलाई मन नपरेको हुन सक्छ । ती विवाद हुँदाहुँदै पनि पार्टी अहिलेका लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक हुन्छ । महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै उनले भने, त्यो कुरा तलसम्म आउनुपर्छ । लोकतन्त्र र मुलुकको रक्षा गर्नु काङ्ग्रेसको दायित्व हो ।

माघ ४ गते, २०७५ - १४:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशैभर मौसममा आंशिक बदली, यी स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना

काठमाडौँ। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित...   
भेरी बबई डाइभर्सन: दुई प्रदेशबीच मतभेद शुरु

भेरी बबई डाइभर्सन: दुई प्रदेशबीच मतभेद शुरु

‘प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छौँ, प्रदेश सरकारलाई पनि हाम्रो समस्या थाहै छ’, उनले भने,...   

विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो

मुग्लिन। ‘विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी...   
असहाय देवीलाई स्थानीयवासीद्धारा नयाँ घर, घरमा प्रवेश गर्न पाउँदा देवीले खुशीका आँशु झारिन्

असहाय देवीलाई स्थानीयवासीद्धारा नयाँ घर, घरमा प्रवेश गर्न पाउँदा देवीले खुशीका आँशु झारिन्

छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले...   
पतिपत्नी बीच जति धेरै झगडा, उति धेरै माया ! धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ: एक अध्ययन

पतिपत्नी बीच जति धेरै झगडा, उति धेरै माया ! धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ: एक अध्ययन

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको...   

अब देखि तलबको १० प्रतिशत रकम छोराछोरीले बाबुआमाको खातामा हाल्दिनु पर्ने

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई...   
सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको...   

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१...   
आठौँ राष्ट्रिय खेलकूद- तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

आठौँ राष्ट्रिय खेलकूद- तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

काठमाडौँ। प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले...   

बागलुङमा जलिरह्यो घर, सम्झी रहे दमकल

बागलुङ । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top