Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गाउँपालिकाको अनुदानमा नून बिक्री वितरण

बाजुरा । जिल्लाको गौमूल गाउँपालिकामा अनुदानको अस्थायी नून डिपो सञ्चालनमा आएको छ । “नून लिन एक दिनको पैदल हिँडेर सदरमुकाम मार्तडी जानुपथ्र्यो, रु एक सयको नूनका लागि रु दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो, अब सजिलो भएको छ”, गौमूल–३ गर्जेकी बिसु बोहराले बताए । सोही वडाकी पुनी धामीले भने“साच्चै सिंहदरबारको अधिकार केही भए पनि गाउँमा आएको आभास भएको छ ।” जनतालाई केही सजिलोको लागि नून डिपोसँग समन्वय गरी गाउँपालिकामै डिपो सञ्चालन गरी वितरण गर्ने गरेको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने, “हामीले नून डिपो त सञ्चालनमा ल्यायौँ, अब नेपाल खाद्य संस्थानको डिपो सञ्चालन गर्न पनि पहल भइरहेको छ ।” गौमूल अस्थायी नून डिपोबाट वार्षिक दुई सय क्वीन्टल नून बिक्री गर्ने गरेको नून डिपो बाजुराका प्रमुख नरबहादुर भाटले जानकारी दिए । प्रत्येक अस्थायी नून डिपोबाट एक हप्तासम्म मात्र नून बिक्री वितरण गर्ने गरेको प्रमुख भाटले बताए । हालसम्म गौमूल गाउँपालिकामा एक हजार बढीलाई नून बिक्री वितरण भैसकेको छ । गाउँमै नून बिक्री वितरण भएपछि नून लिनेको घुइँचो लाग्ने गरेको छ । जनतालाई सहज सेवाका लागि गौमूल गाउँपालिकालगायत खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाको धुलाचौरको जुण्डीमा पनि अस्थायी नून डिपोबाट भानु आयोडिन नून बिक्री वितरण गर्ने गरिएको बाजुरा डिपो प्रमुख भाटले बताए । हाल बाजुराका सबै अस्थायी डिपो केन्द्रबाट भानु आयोडिन नून नौ रुपैयाँमा बिक्री भइरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies