

पुस्तक पढ्नु असल मान्छेको सङ्गत गर्नु जस्तै हो -कैदीलाई पुस्तक उपहार
-
-
माघ ४ गते, २०७५ - १३:१६

हुम्ला । कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशले जिल्लाका सबै कारगारका कैदीबन्दीलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना अभियान शुरु गरेपछि हुम्ला कारागारमा पहिलो पटक पुस्तक हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताए ।
क्याम्पस प्रमुख रोकायाले कारागारमा पुस्तकालयको सुविधा हुँदा पुस्तक पढेर कैदीले आफ्नो जीवन र सोच बदल्न सक्ने भएकाले पुस्तक हस्तान्तरण गरेको बताए। “पुस्तक सानो हो तर यसले संसार चिनाउँछ, पुस्तक पढ्नु असल मान्छेको सङ्गत गर्नु जस्तै हो, पुस्तकले सकारात्मक सोचका साथ राम्रो छाप छोड्नसक्छ”, रोकायाले भने ।
हस्तान्तरण गरिएका पुस्तकहरू जीवनी, साहित्यिक, कथा, दर्शन, विचारसँग सम्बन्धित छन् । रोकायाले आफूले नै लेखेका १४ पुस्तक पनि हस्तान्तरण गरेका छन् । आफूले लेखेका कथासङ्ग्रह, उपन्यास, नाटक, कविता, जीवनी पुस्तक हस्तान्तरण गरिएको छ ।
कारागारमा पुस्तकालय अभियान उपसमिति गठन भएको एक हप्ता नपुग्दै पुस्तक प्राप्त भएको छ । प्राप्त पुस्तक पढ्ने कैदीले यस्तो सहयोगलाई कहिल्यै बिर्सन नसक्ने भन्दै कार्यालयका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले यस्तो सहयोगलाई आफूले सकारात्मकरूपमा लिएको बताए ।
कैदीबन्दीलाई एउटा पुस्तक पढेर सकिएपछि अर्को पुस्तक पढ्न दिइने प्रहरी प्रमुख श्रेष्ठले बताए । आउँदा दिनमा अन्य व्यक्तिबाट पनि ज्ञानवद्र्धक पुस्तक प्राप्त हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।
घरमै पुगेर सामाजिक सुरक्षा भत्ता
जिल्लाको खार्पुनाथ गाउँपालिका–५ ले स्थानीयलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जनतालाई गाउँ घरमा सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले सेवाग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
निर्धारित समयभन्दा ढिलो भए पनि सामाजिक सुरक्षा भत्ता पाउने सबै सेवाग्रहीलाई घरमै पुगेर हातहातमा वितरण गरिएको गाउँपालिकाका नायव सुब्बा कृष्ण रोकायाले बताए । वडा नं ५ का ५५१ सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वापतको चौमासिक भत्ता वितरण गरिएको उनले जानकारी दिए ।
वडाध्यक्ष भीमराज शाहीले आफैँ घरघरमा पुगेर भत्ता वितरण गरेका हुन् । सत्तरी वर्षभन्दा माथिका ८०, २६४ बालबालिका र ६० वर्षमाथिका २०७ सेवाग्राहीलाई भत्ता वितरण गर्न रु १८ लाख ५० हजार बजेट खर्च भएको रोकायाले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्तावापत हाल ज्येष्ठ नागरिकले मासिक चार हजार, ६० वर्षमाथिका नागरिकलाई मासिक रु दुई हजार र पाँच वर्षमुनिका बालबालिकालाई बाल अनुदान मासिक ४०० रकम वितरण गरिएको छ ।
खानेपानी पुग्दा गाउँमा पूजाआजा
हुम्लाकोे सर्केगाड गाउँपालिका–४ खानेपानीको योजना निर्माण भई धाराबाट पानी खसेपछि स्थानीयले धारामा पूजाआजा गरेका छन् ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका वडा नं ४ को मुण्डी गाउँका स्थानीय बासिन्दाले खानेपानीको समस्या समाधान भएपछि खुशियाली मनाएका हुन् ।
गाउँमा यसअघि खानेपानीको स्थायी समाधान नहुँदा मुण्डीवासीले समस्या भोग्दै आएका थिए । अहिले स्थायीरूपमा समाधान भएको स्थानीय जसबहादुर थापाले बताए । वडा नं ४ मुण्डी गाउँमा नौ वटा धारा जडान भएपछि सबैलाई खानेपानीको सहज आपूर्ति भएको छ ।
यसअघि अधुरा र पानीको स्रोत कम भएका योजना निर्माण भएकाले स्थानीय बासिन्दाले खानेपानीको समस्या झेल्दै आएका थिए । “अब समस्याको स्थायी समाधान भएको छ तर स्थानीयले यसको हेरविचार गर्नुका साथै मर्मत संभारमा ध्यान दिनुपर्नेछ”, उनले भने।
खानेपानीबाट ५४ घरधुरीका ३११ जना प्रत्यक्ष लाभाविन्त भएको खानेपानी योजनाका लागि आर्थिक सहयोग गर्ने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले बताए ।
गत चैत महीनामा स्थानीय उभोक्ता समिति गठन गरेर वैशाख महीनादेखि निर्माण कार्य शुरु भई निधारित समयभन्दा अगाडि नै सम्पन्न भएको सल्लाहकार थापाले बताए ।
तीन किलोमिटर टाढाको पताले मूलबाट पाइपलाइनबाट पानी ल्याएर मुण्डी गाउँमा नौ र विद्यालयमा एक गरी दश वटा बालमैत्री धारा निर्माण गरिएको छ । कूल रु ४४ लाख ७७ हजार २०१ लागतको सो योजनामा २५ प्रतिशत स्थानीयको जनश्रमदान र बाँकी सबै आयोजनाले बेहोरेको उनले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कर्मचारी समायोजन विधेयक सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट...यसरी भइन् सफल उद्यमी महिला तुलसा
दाङ। तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर...यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी
केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे...अब तपाईंलाई प्रश्न आउन सक्छ, स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन
खस्यौली। अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको...अब बेमौसमी आँपको उत्पादन बढाउन अनुसन्धान शुरु
भरतपुर। नेपालमा आँपको उत्पादन अनुसन्धान शुरु गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर...काङ्ग्रेसद्धारा अष्ट्रेलियामा बिचल्ली परेका विद्यार्थीको उद्धार गर्न आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका...इमान्दारी चालक, जसले ट्याक्सीमा छुटेकाे तीन लाख सहित धनमाल सम्बन्धीतलाई बुझाए
काठमाडौं। बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी...प्रथम मगर महोत्सव शुरु
पर्वत । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर...यसकारण गाउँपालिकामा वडा थप गर्न प्रस्ताव
रसुवा । भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले...महिलालाई नेतृत्व दिनमा किन कन्जुस्याइँ ?
महिला ले पनि पुरुष सरहका अधिकारहरु पाउनु पर्छ ।कति पय अधिकार समान भए पनि पितृसत्तात्मक सोच को कारण...
