Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

के गर्दैछ नेकपा कार्यदल ? कहाँ पुग्यो कार्यदलको काम ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकी एकतासम्बन्धि काम सम्पन्न गर्न निर्माण गरेको उच्चस्तरिय कार्यदलको काम कारवाही भुमितगत जस्तै छ । स्थायी समितिबाट निर्माण भएको ९ सदस्यि कार्यदललाई गत पुष १६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनको समयसिमा तोकी एकता सम्बन्धि ठोस प्रस्ताव र कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । एकता सम्बन्धि कार्यदलको पछिल्लो हप्ता बैठक समेत बस्न सकेको थिएन । नेकपामा पुर्व ममाओवादी र पूर्व एमालेबिचको समस्या भन्दा पनि ओली समुह र नेपाल समुहबिचको मतभेदका कारण एकताका अधिकांश कामहरु रोकिएका छन् । एकतामा आफु पक्षधरहरुलाई उचित व्यवस्थापन र जिम्मेवारी नदिएको भन्दै माधव नेपाल समुह असन्तुष्ट छ । प्रदेश समितिको निर्माणमा असन्तुलन भएको र जिल्ला नेतृत्वको छनौट गर्दा मापदण्ड बनाई सोही आधारमा गर्नुपर्ने नेपाल समुहको माग छ । प्रदेश समितिमा नमिलेको कुरा मिलाउनका लागी नेकपाको विधानअनुसार कुल संख्याको १० प्रतिशत प्रदेश सदस्य थपेर मिलाउने पक्षमा रहेको नेपाल समुहको धारणामा पार्टी अध्यक्ष ओली असहमत छन् । स्रोतका अनुसार नेपाल समुहको उक्त मागप्रति नरम रहेका अर्का अध्यक्ष प्रचण्ड र पूर्व माओवादी नेताहरु ओलीको अडानले अन्यौलमा परेका छन् । ओलीले ‘प्रदेश समिति नचलाउनु’ भनि आदेश दिएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार प्रदेश तथा जिल्लाहरुमा नमिलेका कुराहरु मिलाउन नसके नेपाल समुह सहमतिमा आउने सम्भावना छैन । एकता कार्यदलमा नेकपाका सचिवालय सदस्यहरु राम बहादुर थापा ‘बादल’, महासचिव बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुविर महासेठ रहेका छन् । ९ सदस्यीय कार्यदलका लागी पोलिटब्युरो गठन, केन्द्रिय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्वको जिम्मेवारी बाँडफाँड, जनवर्गिय संगठनहरुको एकिकरणका लागी विधि र समान नीति एंव मापदण्ड तयार गर्ने जिम्मेवारी पाएको छ । १० दिन समयसिमा पाएको कार्यदलले आधा महिनाभन्दा बढी समय गुजारीसक्दा समेत ठोस प्स्ताव तयार गर्न सकिरहेको छैन । कार्यदलका उक सदस्यका अनुसार ठोस छलफल कुनैपनि विषयमा भएको छैन । उनी भन्छन्– ‘विषय र विमति धेरै छन्, ठोस विषयमा छलफल हुन सकेको छैन । सबै विषयमा भएको छ, प्रस्तावै तयार भने एउटै विषयमा पनि भएको छैन ।’ यो पनि पढ्नुहोस् किन भुमिगत छ नेकपाको एकता कार्यदलको काम कारवाही ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies