/  Thu, February 21, 2019

अनशनरत डा. केसीकाे स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौं पठाइयो

इलाम । सत्याग्रही डा. गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । चिकित्सा शिक्षा सुधारको माग राखी ९ दिनदेखि इलाममा अनशनरत केसीको स्वास्थ्य नाजुक भएपछि मध्यराति १०ः३० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्समा काठमाडौं पठाउन झापा लगिएको हो ।

आजको अन्न्पु्र्ण पाेष्टदैनिकमा खबर छ – केसीलाई काठमाडौं पठाउन पूर्वप्रधानन्यायधिस सुशीला कार्की, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल संयोजक तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वसभामुख दमननाथ ढुंगानालगायतले पहल गरेका थिए ।

१६‌औँ पटक इलाममा सत्याग्रह गरेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनलाई काठमाडौं ल्याउन नागरिक समाजका अगुवाको पहलमा काठमाडौं लगिएको उनका सहयोगी धर्म गौतमले जनकारी दिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्यमा नौ प्रकारका समस्या औंल्याएको छ । डा. केसीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव आएको इलाम अस्पतालका मेडिकल अधिकृत डा. विजेन्द्रकुमार साहले जानकारी दिए ।

प्रतिष्ठानका सहनिर्देशक डा. विकास साह नेतृत्वको टोली केसीको उपचारमा बुधबार इलाम आइपुगेको थियो । स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको छ ।

उनमा अनशनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ । नौ दिनदेखि अनशनरत डा. केसीको केसीको शरीरमा इन्फेक्सन बढ्दै गएको हो ।

माघ ४ गते, २०७५ - ०६:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन खुल्दैन मलेसिया रोजगार ?

काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा...   
महिला विश्वकप क्रिकेटको एसिया छनोट : नेपालको आज दोस्रो खेल

महिला विश्वकप क्रिकेटको एसिया छनोट : नेपालको आज दोस्रो खेल

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो...   

भारतको जेलमा कैद भएक एक पाकिस्तानी कैदीलाई ढुङ्गाले हानीहानी हत्या

बीबीसी । भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा...   

चीनबाट ल्याएको इलेक्ट्रिक बस सञ्चालनमा ल्याउन सरकार असमर्थ

काठमाडौँ । चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा बस सञ्चालनमा ल्याउन सरकार असमर्थ...   

भारतले नेपालीलाई ग्यास ढुवानी गर्ने लाइसेन्स दिएन : साढे ३ अर्ब रकम जोखिममा

काठमाडौं । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र...   

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा...   

वनको अवरोधले विद्युत आयोजनाको निर्माण कार्य ठप्प

कालिगण्डकी करिडोर : वनलाई सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध काठमाडौँ  ।  रूख काट्ने आदेश नपाउँदा...   

अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थीको बिचल्लीः स्वीकृत नगरेको कलेजमा विद्यार्थीलाई भर्ना र भिसा

काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक...   

संसदमै च्यातियो स्थानीय पूर्वाधार कार्यक्रमको नियमावली

काठमाडाैं  । प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले चार करोड खर्च गर्न पाउने गरी सरकारले ल्याएको स्थानीय...   

प्रधानमन्त्री ओली भन्छन् , “निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान”

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top