Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ए सरकार! रोजगार दिन नसके बेरोजगार भत्ताको ब्यवस्था गरिदे ।

भनिन्छ युवाहरू देशको शक्तिशाली कर्णधार हुन् । अनि, युवाहरू नै समाजको अग्रगामी गतिका लागि अनिवार्य शक्ति पनि हुन् । नेपालको बदलिँदो राजनीतिमा सुरुको कालखण्ड देखिनै युवाहरूको भूमिका काहीँ कतै कमि भएको देखिदैन । चाहे २००७ सालको बिद्रोह होस् जाहे ४६ सालको जनआन्दोलन, झापा बिद्रोह, अनि माओवादीले गरेको १० बर्षे जनयुद्धमा युवा शक्तिको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । नेपाली राजनीतिको हरेक काल खण्डमा युवाहरूले थुप्रै महत्त्वपूर्ण योगदान गरेको भए पनि ती युवाले गरेको योगदान खाली कागजमा मात्रै सम्झौता भएको पाइन्छ नत पीडित जनताको अधिकार सुनिश्चित गर्न सकेको छ न हिजो दुःख गर्ने युवालार्इ रोजगार नै दिलाउन सकेको छ। युवा आज आएर आफ्नो उपचार गर्न पैंसा नभएर भिख माग्नु पर्ने, आत्म हत्या गरेर मर्नुपर्ने अबस्था सिर्जना भएको छ । यस्ता अवस्था ल्याउनुमा वर्तमान सरकारको ठूलो हात रहेको छ । यहि राज्य ब्यवस्थाले आज आएर तिनै दुःख गर्ने महान् युवाको रगत र पसिनालाई खाली कागजमा मात्रै सम्झौता गराए,अनि शिक्षा, स्वास्थ, रोजगार यी कुनै कुराको राज्यले ग्यारेन्टी गर्न सकेन । यिनै कारणले गर्दा हिजोआजका महान युवा आज आएर आफ्नो उपचार गर्न पैंसा नभएर भिख माग्नु पर्ने, आत्म हत्या गरेर मर्नुपर्ने अबस्था सिर्जना भएको छ । यस्ता अवस्था ल्याउनुमा वर्तमान सरकारको ठूलो हात रहेको छ । त्यति मात्रै नभई सरकारले शिक्षा, स्वास्थ जस्तो अति संवेदनशिल क्षेत्रलाई ब्यापारीकरणको अखाडा बनाउनु शिक्षा, स्वास्थमा ब्यवहारिक र वैज्ञानिक शिक्षा प्रणाली नहुनु, विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने भट्टीको रूपमा परिवर्तन हुनु अनि नेपालका सयौं युवाहरु सामान्य जिविकोपार्जन गर्न नसकेर ५०-५५ डिग्रीको तापक्रम खान आफ्नो श्रम बेच्न खाडीमुलुक जानुपर्ने बाध्यता पैदा गरेको छ । नेपालमा भएका श्रोत साधनको उपयोग, बन्द भएका उधोग, कलकारखाना सञ्चालनमा ल्याएर रोजगारी सिर्जना गर्नुपर्छ । तर, सरकारको ध्यान यस्ता कुरामा पटक्कै गएको छैन । जसले गर्दा लाखौं युवा जनशक्ति विदेश पलायन हुन बाध्य छ । सरकारले शिक्षा, स्वास्थ जस्तो अति संवेदनशिल क्षेत्रलाई ब्यापारीकरणको अखाडा बनाउनु शिक्षा, स्वास्थमा ब्यवहारिक र वैज्ञानिक शिक्षा प्रणाली नहुनु, विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने भट्टीको रूपमा परिवर्तन हुनु अनि नेपालका सयौं युवाहरु सामान्य जिविकोपार्जन गर्न नसकेर ५०/५५ डिग्रीको तापक्रम खान आफ्नो श्रम बेच्न खाडीमुलुक जानुपर्ने बाध्यता पैदा गरेको छ । साथै, उधोगलाई निजीकरण गरेर बन्द गर्ने होडबाजी चलिरहेको छ । जसले गर्दा, बेरोजगारी समस्या सिर्जना भइरहेको छ । यसको प्रतिफल स्वरुप दैनिक पाँच हजार बढी युवाहरू बिदेशिनु पर्ने परिस्थिति आइपरेको छ। सँग-सँगै राम्रो काम नपाएर दिन प्रतिदिन विदेशमा समस्या भोग्ने नेपालको संख्या बढ्दो छ । साथै, वर्षेनी विदेशमा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दै गएको छ । यसपछाडीको प्रमुख कारण भनेको स्वदेशमा रोजगारीको सिजर्ना नहुनु नै हो । हाम्रो देशका राजनीतिज्ञ भन्नेहरुले रोजगारको बातावरण मिलाउन नसक्नु, रोजगारीको अवसर ज्यादै न्यून भएर जानु, नेपालमा भएका कयौं परियोजनाहरु बिदेशी दलालहरुको हातमा कौडीको भाउमा सुम्पनु, राष्ट्रियस्तरको उद्योग तथा परियोजनाबाट राज्यले हात झिक्दै जानु, नीजि कम्पनीलाई टाँट पल्टाउनु, ठूला ठूला भनिन्ने ब्यापारिलार्इ कर छुट गर्नु, साना व्यावसायिक कृषकलार्इ अनगिन्ती करको चपेटामा पार्नु आदिले राज्यब्यबस्था आम जनसमुदायको हितको लागि भन्दा पनि दलाल तथा नोकरशाही पुँजीपतिको हितमा भएको देखिन्छ । नेपालमा समृद्धि पनि देख्न सक्दैनौ हामी युवाहरु रोजगारीका लागि बाहिर गएर होइन स्वदेशमा नै रगत पसिना बगाएर खाने वातावरण राज्यले बनाओस् । सरकारले सके रोजगारीको व्यवस्था गरोस्, यदि सक्दैन भने बेरोजगार भत्ताको ब्यबस्था गर्न आवश्यक देखिन्छ । अनि यहि राज्यब्यबस्थाले बिदेशी लगानीकर्तालाई बढि प्रोत्साहन गर्नु, नेपाली कृषकले उब्जाएको उत्पादित वस्तुको उचित मूल्य निर्धारण नगर्नु, बिक्री वितरणमा अवरोध गर्नु, सरकारी कार्यालयमा अस्तव्यस्त तरिकाले अनियमितता हुनु, अधिक मात्रमा सरुवा बडुवादेखि आर्थिक चलखेलका कारणले गर्दा नेपालमा नागरिक विभिन्न क्षेत्रमा लगानी गर्नबाट पछि हटेका छन् । अब यस्को विकल्पमा कैयौं नेपाली युवाहरु बिदेशी भूमिमा रगत र पसिना बगाउन जानुपरेको छ। युवाहरूलाई विदेश जान बाध्य बनाउने भनेको नै हाम्रो देशका नेता नै हुन । उता नारा भने शान्ति समृद्धि बिकासको गर्ने अनि युवाहरूलाई विदेश पठाएर बिदेशी ऋण ल्याएर बाह्र देशको सामान बेचेर कुनै पनि अबस्थामा औद्योगिक पूँजिको बिकास हुन सक्दैन । नेपालमा समृद्धि पनि देख्न सक्दैनौ हामी युवाहरु रोजगारीका लागि बाहिर गएर होइन स्वदेशमा नै रगत पसिना बगाएर खाने वातावरण राज्यले बनाओस् । सरकारले सके रोजगारीको व्यवस्था गरोस्, यदि सक्दैन भने बेरोजगार भत्ताको ब्यबस्था गर्न आवश्यक देखिन्छ । अनि मात्र बढ्दो विदेश पलायन रोकिन सक्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies