Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने

काठमाडौँ। काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेशनको अभावमा समस्या पर्दै आएको छ । विभागले सरोकार भएका सबै पक्षको सहयोगमा उपयुक्त स्थानमा त्यस्तो स्टेशन राख्ने भएको छ । पहिलो चरणमा साझा यातायाताको परिसरमा एक स्टशेन तत्काल जडान गरिने छ । सबै प्रकारका सवारी साधनलाई चार्ज गर्न मिल्ने चार्जिङ स्टशेन सुन्दर यातायातले उपलब्ध गराएको छ । सुन्दर यातायातले उपलब्ध गराएको सोही स्टशेनबाट विद्युतीय सवारी साधानको प्रवद्र्धन गरिनेछ । सुन्दर यातायातले प्रवद्र्धन गरेको उक्त मेशिनले आधुनिक तथा सानाठूला सबै प्रकारका सवारीलाई उपयुक्त हुने साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए । उक्त मेशिन आधुनिक, छरितो र नेपालको विद्युत् भोल्टेजसँग मिल्दो रहेको र सबै प्रकारका विद्युतीय सवारी साधनलाई उपयुक्त रहेको बताइन्छ । विभागका महानिर्देशक झलकराम अधिकारीले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन जडानको प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए । उनले उपयुक्त स्थानको खोजी एवं पहिचान गरी चालु आवभित्रै पाँच ठाँउमा विद्युतीय चार्जिङ स्टशेन जडान गरिने जानकारी दिए। चार्जिङ स्टेशनसम्बन्धी आधारभूत अवधारणापत्र व्यवसायी र सरोकार पक्षसँग छलफल गरी शीघ्र तयार पारिने महानिर्देशक अधिकारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले यस अघि नै प्रवद्र्धनात्मकरूपमा प्राधिकरणको केन्द्रीय कार्यालय र एनइए इञ्जिनियरीङ कम्पनीको कार्यालय थापाथलीमा जडान गरेको छ । तर हालसम्म कानूनी आधार तयार हुन सकेको छैन । चार्जिङ स्टेशनमा सवारी चार्ज गर्दा के कति शुल्क तिर्ने, कस्तो स्थानमा उक्त प्रणाली जडान गर्ने, त्यसको सुरक्षा तथा सञ्चालनको ढाँचा के कस्तो हुने भन्ने बारेमा आवश्यक निर्णय भएको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक तयारीको क्रममा नै रहेको जनाएको छ । प्राधिकरणले कानूनी संरचना तयार गर्न मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको छ । स्वतन्त्र ऊर्जा, उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले कानूनी आधार तयार पारिदिए निजी क्षेत्रले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन एकाध महिना भित्रै जडान गर्न सकिने बताए । उनले प्राधिकरणको प्रसारण प्रणाली देशभर नै पुगेकाले स्टेशन बनाउन कुनै समस्या नभएको इपानको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies