Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम। सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिएका छन् । प्रदर्शनका आयोजकहरुले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर विशाल प्रदर्शनमा सहभागी गराउन मानिसलाई गाउँगाउँबाट ल्याइरहेका छन् । सुडानका अरु शहरहरुमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् । मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ । राष्ट्रपति बासिर सन् १९८९ देखि सुडानको राष्ट्रपतिमा छन् । सुडान विज्ञहरुका अनुसार यसपटक राष्ट्रपति बासिरमाथि सबैभन्दा ठूलो चुनौती खडा भएको छ । खार्तुम प्रदर्शनमा सहभागी २८ वर्षीय अदेल इब्राहिमले वर्तमान सत्ता परिवर्तन नहुँदासम्म प्रदर्शनमा सहभागी भइरहने बताए । “हामीहरु हाम्रो भविष्य र हाम्रो राष्ट्रको भविष्य सुरक्षित राख्न प्रदर्शन गरिरहेका छौं ।” सरकार विरोधी प्रदर्शन शुरुमा आटबारा सहरबाट थालनी भएको थियो । सुडानको पूर्वी भेगमा रहेको यो शहर सरकार विरोधीका रुपमा पहिल्यैदेखि परिचित छ । केही दिनभित्रै यो प्रदर्शन अरु प्रान्त र राजधानी खार्तुममा शुरु भएको थियो । परम्परागत रुपमा राष्ट्रपति बासिरको पकड क्षेत्रका रुपमा रहेका पोर्ट सुडान, गादारेफ, कासाला समेतका शहर तथा गाउँबस्तीहरु पनि यसपटक बासिरको राजीनामाको पक्षमा उभिएका छन् । पश्चिमी डार्फर क्षेत्रमा पनि बासिर विरुद्ध प्रदर्शन हुन थालेका छन् । मानिसहरुलाई प्रदर्शनमा सहभागी गराउन सामाजिक संजालको निकै बढी प्रयोग हुन थालेको छ । मानिसहरुले “शान्ति, स्वतन्त्रता, न्याय” को पक्षमा गरेका नाराबाजीलाई सामाजिक संजालमा लगातार समावेश गर्ने गरिएको छ । आमजनताको स्वःस्फूर्त सहभागिताप्रति अधिकारीहरु समेत आश्चर्यचकित भएको पाइएको छ । सुडानको अर्थतन्त्र कमजोर हुनुमा संयुक्तराज्य अमेरिकाको प्रमुख भूमिका रहेको अधिकारीहरुको भनाइ छ । अमेरिकाले सन् १९९७ मा सुडानविरुद्ध व्यापार प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध सन् २०१७ को अक्टोबरमा मात्र फुकुवा गरिएको छ । अमेरिकी प्रतिबन्धका कारण सुडानले अन्तर्राष्ट्रिय व्यापारिक कारोबार गर्न पाएको थिएन । बासिरले सोमबार डार्फरमा आयोजित एक सभामा सम्बोधन गर्दै प्रदर्शनकै कारण सरकार परिवर्तन हुन नसक्ने बताए । उनले भने, “सत्तामा परिवर्तन मतदानबाट मात्र हुन्छ । सुडानी जनताले सन् २०२० मा हुने चुनावमा यसको निर्णय गर्नेछन् ।” राष्ट्रपति बासिर पनि उक्त चुनावमा तेस्रो पटक उठ्ने तयारीमा छन् । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies