Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

यि हुन् नेकपा नेता शंखर लामा विरुद्ध जनयुद्धकालिन मुद्धा चलाउने डिएसपी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शंखर लामा बिरुद्ध दोलखा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गर्न दोलखाका डिएसपी बासु पाठकको हात रहेको खुल्न आएको छ । पुर्व एमालेका कार्यकर्ता समेत रहेका पाठकले दोलखाका नेकपा नेता आनन्द पोखरेल र पार्वत गुरुङको सल्लाहामा लामा विरुद्द मुद्दा दर्ता गराउन भुमिका खेलेका थिए । बृहत शान्ति सम्झौता अनुशार माओवादी द्वन्दकालिन मुद्धा हालको प्रहरी तथा अदालतले हेर्न पाउँदैन । सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने मुद्दामा डिएसपी पाठकको साँठगाँठमा दर्ता गरिएकोमा पूर्व माओवादी कार्यकर्ताहरु आक्रोशित छन् । जनयुद्धको क्रममा भरतको हत्या भएपनि शान्ति प्रक्रियाको १२ बर्षपछि पुनः सो मुद्धा व्यूँतिएको हो । २० बर्षसम्म दोलखा प्रहरीमा थन्किएर बसेको कर्तव्य ज्यान मुद्धालाई डिएसपीले अनुषन्धान पुरा गरी चार दिन अघि मात्रै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । नेकपाका प्रदेश कमिटी सदस्य लामा बिरुद्ध द्धन्द्धकालमा दोलखाको फस्कुका भरत भनिने चक्रवहादुर बुढाथाकीको हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । ०५५ साल माघ १ गते राति साविक फस्कु गाविस वडा नम्बर ३ निवासी बुढाथोकीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा नेकपाका नेता सँकर लामालाई मात्रै अभियोग लगाउँदै मुद्धा दर्ता भएको हो । घटना घटेको २० बर्ष पुग्नु भन्दा एक दिन अघि दोलखा जिल्ला अदालतमा लामा बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता भएको हो । भरत बुढाथोकीको हत्या पछि २०५५ साल माघ २ गते उनका भाई एंव तत्कालिन नेकपा एमालेका नेता गुणवहादुर बुढाथोकी र मृतक भरतकी श्रीमती लिला बुढाथोकीले नेता शंखर लामा बिरुद्ध किटानी जाहेरी दिएका थिए । यो पनि पढ्नुहोस् –

माओवादी नेता शंखर लामा विरुद्ध जनयुद्धकालिन मुद्दा : अब के गर्ला नेकपाले ?

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies