Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला

दार्चुला। केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो । सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुलेसँगैे व्यास गाउँपालिकाको वडा नं ६ हुतीसम्म बाटो जोडिन पुगेको छ । सडक हुतीको वडा कार्यालयसम्म पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा सम्लग्न पदाधिकारीलाई सम्मान पनि गरेका थिए । व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झण्डै एक महीना भन्दा बढी समय लाग्यो । खलङ्गादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेको छ । सडकको थोरै सुधार हुर्नेबित्तिकै खलङ्गादेखि हुतीसम्म नियमित जिप सञ्चालन हुन थालेकोे व्यास गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मनोज कुँवरले बताए । “ट्याक्टर चल्न थालेका छन्, ट्याक्टरबाटै तेल ढुवानी भइरहेको छ । थोरै सुधार गर्ने हो भने नियमित जिप सञ्चालन गर्न सकिन्छ”, उनले भने । विजयपुरदेखि माथिल्लो क्षेत्रमा अहिले महालक्ष्मी कन्सट्रक्सनले सडक खन्ने काम गरिरहेको छ । व्यास गाउँपालिकाको सुनसेरासम्म एक महीनाभित्रै सडक पु¥याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकन्द नेपालले जानकारी दिउ । धौलाकोट क्षेत्रमा सडक खन्न केही अप्ठ्यारो देखिएको छ । हुतीबाट धौलाकोटसम्म पुग्न झण्डै छ किलोमिटर बाटो भए पनि धौलाकोटको सिलाजित भीरमा काम गर्न समस्या भएको निर्माण व्यवसायी नेपालले बताए । उक्त क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको छ । धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुनसेरासम्म सडक पुग्छ, व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भन्नुभयो, “हुतीबाट सुनसेरा सडक पुग्न १२ किमी छ । गाउँपालिका केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए पनि व्यासका वडा नं ३, ४, ५ र ६ का नागरिकलाई आवत जावतमा सहज हुन्छ ।” अहिले सडकको काम तीव्र गतिमा भइरहेका कारण स्थानीयवासी पनि सुनसेरासम्म गाडी गुड्नेमा ढुक्क छन् । दुहुँ गाउँपालिकासम्म गाडी गुड्न थालेको छ, व्यासको सुनसेरासम्म सडक पुग्यो भने त्यहाँका बासिन्दाको गाडी चढ्ने सपना पूरा हुने दिन धेरै टाढा छैन, व्यास गाउँपालिका–४ सुनसेराका कमलापति भट्टले भने । कच्ची सडक भए पनि आफ्नो देशकै बाटो भएर यात्रा गर्न पाइएला । सुनसेरासम्म गाडी पुग्नेबित्तिकै व्यास–२ मालका वासीन्दालाई समेत नेपालबाटै सामान ढुवानी गर्न सहज हुने उनको भनाइ थियो । “आफ्नो देशको भूमिमा सडक नहुँदा भारतीय भूमि भएर यात्रा गर्नुपरेको तीतो यथार्थ बिर्सिन कहाँ सकिएला र” भटृले भने, “अर्काको देशमा गएर गाडी चढ्नुपर्दा डोट्याल भनेर हेप्छन्, त्योभन्दा आफ्नै भूमि भएर आवतजावत गरौँ भन्ने इच्छा साकार हुने भयो ।” निर्माण व्यवसायीले अहिलेकै गतिले काम गरे सुनेसरासम्म यो आर्थिक वर्षभित्र नियमित गाडी गुडाउन सकिन्छ, दार्चुला तिङ्कर सडक योजनाका इञ्जिीनियर दिनेश रैखोलाले भने, “विगतमा राताकाठा र विजयपुरभीरले समय खायो । अहिले त्यस्तो अप्ठ्यारो अवस्था छैन । धौलाकोटको भीर काट्नेबित्तिकै सहज रूपमा सुनसेरासम्म गाडी पु¥याउन सकिन्छ ।” झण्डै अढाइसय मिटर लम्बाइ रहेको विजयपुरभीर सडकको बाटो खुलाउन ठेक्का अवधिको हिसाबमा चार वर्ष लाग्यो । विगतमा विष्फोटक पदार्थ अभाव र निर्माण व्यवसायीको लापरवाहीका कारण पनि केही ढिलाइ हुन गयो । अहिले स्थानीय सरकार, जनप्रतिनिधिको निरन्तर पहल र दबाबले निर्माण व्यवसायी पनि काम गर्न खोज्दैछन् । सडक सञ्जालमा नजोडिएको दार्चुलाको उत्तरी सीमाको व्यास गाउँपालिकाको केन्द्रसम्म अब गाडी गुडाउन त्यति समस्या छैन । अहिले सडक गाउँपालिका केन्द्रसम्म पु¥याउन पहल भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए ।स्थानीयवासीको पहिलो प्राथमिकता भनेकै तिङ्कर सडक हो उनले भने, सडक नहुँदा महाकालीमाथि तुइनको प्रयोग गर्नुपर्ने अवस्था केही हदसम्म अन्त्य गर्न सडकलाई प्राथमिकता दिएका छौँ । तिङ्कर सडक योजनाका इञ्जिनीयर रैखोला तिङ्कर सडकको अहिले टेण्डर स्वीकृत भएको व्यास गाउँपालिकाको वडा नं २ माल गाउँसम्म सडक पु¥याउन समस्या नरहेकोे बताए । आर्थिक वर्ष २०६५ बाट शुरु भएको यो सडक पहिलो गुरुयोजना अनुसार यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हो तर पछिल्लो समय महाकाली करिडोरमा सडक गाभिएपछि यो सडकको समयावधि २०७९ पु¥याइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म करिडोरको कूल लम्बाइ २९१ किलोमिटर छ । यसअघि दार्चुला तिङ्कर सडक खलङ्गा जिरो प्वाइन्टदेखि तिङ्कर सीमा क्षेत्रसम्म १३५ किलोमिटर निर्माण गर्ने योजना थियो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies