Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

तराई–मधेशमा तिला सङ्क्रान्ति यसरी मनाइँदै

धनुषा। जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं २ का सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ । इसाई धर्मअनुसार बडा दिन २५ डिसेम्बरलाई मानिन्छ तर सौर्यमास अनुसार दिन मकर सङ्क्रान्तिदेखि बढ्ने गर्दछ । मैथिली भाषामा ‘माघ के दिन बाघ’ भन्ने गरिन्छ । एक महीना लामो खरमासको समाप्ति यसै मकर सङ्क्रान्तिको दिन हुन्छ तथा यस अवधिमा रोकिएका शुभ कार्य फेरि आरम्भ गरिन्छ । यसै दिनदेखि दिन बढ्न तथा रात घट्न थाल्दछ । सूर्यको प्रकाशमा तेज ९तापक्रम० दिनानुदिन बढ्दै जाने हुँदा अत्यधिक जाडो तथा तराईमा चल्ने शीतलहर यसै दिनदेखि दिनानुदिन अल्प हुँदै जान्छ । मकर सङ्क्रान्तिको ठूलो धार्मिक महत्व रहेको छ । यस दिन बिहानको पूण्यकालमा सबैजना पवित्र जलमा स्नान गरेर सूर्य भगवान्लाई अघ्र्यदान गरी गौदान, अन्नदान, शय्यादान, तिलादान तथा गच्छेअनुसार नगद दान गरी गौ र ब्राह्मणलाई भोजन गराएर मात्र आफूले भोजन गर्ने परम्परा रहिआएको छ । धनंच यो द्विजे दद्यात् अलंकृत्य पयस्विनी । कांस्य वस्त्रादि भियुक्त स्वर्गलोके महियते ।। ९मनुस्मृति० अर्थात् यस दिन वस्त्र ओढाइएकी तथा सिङ्गारिएकी दुधालु गाईलाई काँसको भाँडो र दक्षिणाका साथ ब्राह्मणलाई दान गर्नाले मानिस सहजै स्वर्गलोक पाउन सक्दछ । हेमश्रृङ्गी रौप्यशफा सुशीला वस्त्रसंयुता । सकांस्य पात्रा दातव्या क्षीरिणी गौस सदक्षिणा ।। ९गरुडपुराण ९८० । अर्थात् सोझो स्वभाव भएकी दुधालु, सिङमा सुन तथा खुरमा चाँदी मढिएको गाईलाई बस्त्र ओढाएर दुहुने भाँडो र दक्षिणाका साथ ब्राह्मणलाई दान गर्दा स्वर्गलोक प्राप्ति हुन्छ । यस प्रकार यस दिन दानको ठूलो महत्व रहेको छ । मकर सङ्क्रान्तिको दिन घरदैलो सफा सुग्घर पारेर सकेसम्म गाईको गोबरले लिपी दान पुण्य गरी खिचडी पकाउन चामल, तील तथा अदुवा कुल देवतालाई अर्पण गर्ने चलन रहिआएको छ । भुटेको चिउरालाई गुडको चास्नीमा मुछी तयार पारिएको लड्डु तथा बन्हुइ लाइ (गुडको चास्नीमा मुछेर तयार पारिएको मुरही–भुजाको लड्डु) पनि कुल देवतालाई अर्पण गर्ने परम्परा रहेको पाइन्छ । यस प्रकारको लड्डु छोरीचेलीको घर कोसेलीको रूपमा पठाउने सामाजिक परम्परा छ । बुहारीको माइतीबाट पनि यस्ता कोसेली अनिवार्यरूपमा आउने गर्दछ । यस प्रकारको कोसेलीले छोरीचेलीको मान बढ्दछ । बुहारी गौरवान्वित हुन्छन् । यस अवसरमा कोसेली आएन भने छोरी बुहारीले आफ्नो मन दुखाउँछन् । अतः गरीब धनी जोसुकैले गच्छेअनुसार खिचडीको कोसेली ९बन्हुइ लाइ० छोरी चेलीको घरमा अवश्य नै पठाउँछन् । मकर सङ्क्रान्तिको दिन घरघरमा खिचडी पाक्दछ । पाएसम्म बासमतीको चामलमा बेसार, तिल, अदुवा हालेर मन लोभ्याउने खालको खिचडी अवश्य नै पाक्दछ । यस प्रकारले पकाइने चामलको खिचडी नयाँ धानको हुनुपर्दछ किनकी पुरानो धानको खिचडी पकाउँदा खिचडी न भएर फरफराउँदो भात तयार हुन्छ । नयाँ धानको चामलको खिचडी पकाउँदा ‘मडबुझ’ भएर राम्रो जाउलो ९खिचडी० तयार हुन्छ । खिचडीको साथमा मेथी, चम्सुर, पालुङ्गो, लहसुनको भुटुवा साग, आलु, काउली, भन्टाको भुजिया, पापड, अचार स्वाद मानीमानी खाइन्छ । मैथिली भाषामा ‘माघ मास घिव खिचडी खाउँ’ भन्ने लोकोक्ति नै छ । खिचडीमा घरको घ्यु अनिवार्यरूपमा हालिन्छ । मैथिली भाषाको अर्को उखान अनुसार–खिचडी के चार यार, पापड, दही, घिव, अचार’ । खिचडीको साथमा पापड, दही, घ्यु तथा अचार खाँदा अपूर्व स्वाद पाइन्छ भन्ने लोक मान्यता छ । घ्यु हालेको पहेँलो खिचडीमा तर लागेको सेतो दही तथा थालको वरिपरि कचौरामा लहरै राखिने साग र भुजियाको मनोरम दृश्य देखेर जो कोहीलाई खाउँखाउँ लाग्छ । त्यसमाथि अझै पापड तथा रातो भरुवा खुर्सानी र तेल चुहिँदै गरेको आँपको अचारले त भोजनलाई दिव्य नै बनाइदिन्छ । किसानको अगहनीको दाउनी ९धान थन्काउने काम०प्रायः सिद्धिसकेको हुन्छ । खिचडीको दिन भखारी, डेहरीमा तेल, सिन्दूरले पूजा गरी त्यसको ‘आन’ ९ढोका० खुल्दछ । खिचडीको दिन त्यसको पूजा गरेर खोलिन्छ । सर्वप्रथम भकारीबाट झिकिने अन्नलाइ ‘शिवअंशी’ को रूपमा गाउँघरमा रहेका शिव मन्दिरमा पठाइन्छ । त्यसपछि गच्छेअनुसार अन्न झिकेर पुरोहितलाई दान दिइन्छ । छोरीचेलीका लागि कोसेली भनेर पनि अन्न झिकेर राखिन्छ अनि मात्रै भकारीभित्रको अन्न स्वप्रयोगमा ल्याइन्छ । पुराना दिनमा भकारी खुल्दा उत्सवजस्तै हुन्थ्यो तर विस्तारै अब त्यो परम्परा हराउँदै गएको छ । भकारी खुल्ने दिन बेलुकाको समयमा अन्न बेचेर त्यस पैसाले माछा किन्ने, पकाउने, खाने प्रथा भने जीवित नै रहेको देख्दा हर्षानुभूति भने अवश्य नै हुन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies