/  Wed, January 23, 2019

पर्यटन प्रवद्र्धनमा लगानी आवश्यक- नेता नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताएका छन्।

गन्तब्य नेपाल न्यूज डटकमको सातौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले बिनालगानी र मेहनत पर्यटन प्रवद्र्धन नहुने हुँदा यसका लागि सरोकार भएका निकायको सक्रिय भूमिका चाहिने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अथाह सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधार र सम्पदा प्रवद्र्धनमा सरकार र निजी साझेदारितालाई प्रभावकारी बनाइनुपर्ने बताए।

उनले भने, “नेपालीको जस्तो आतिथ्यता संसारमा कहीँ पाइन्न, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं भौगोलिक विविधतायुक्त मुलुकले सबैभन्दा लाभ लिने क्षेत्र भनेकै पर्यटन हो, यसका लागि राज्य र समाज सहकार्यका साथ अघि बढ्नुपर्छ ।”

सन् २०१८ मा करीब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको सन्दर्भमा नेता नेपालले मुलुकको प्रचुर पर्यटकीय सम्भावनाकाबीच यो सङ्ख्या अत्यन्तै न्यून हो भन्दै २० लाख हैन ३० देखि ५० लाखको हाराहारीमा पर्यटक स्वागत गर्नेगरी प्रवद्र्धनात्मक गतिविधि अगाडि बढाइनुपर्ने धारणा व्यक्त गरे।

महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निमार्णलाई तीव्रता दिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापन तथा काठमाडौँ उपत्यकालाई सुन्दर र सफा नगरीका रुपमा विकास गर्नसके अधिक सङ्ख्यामा पर्यटक आकर्षण गर्न सकिने उनले बताए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन क्षेत्रलाई व्यावसायिक ढङ्गले प्रवद्र्धनात्मक गतिविधिका साथै सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारीरुपमा अघि बढाइनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सरकारले लिएको ‘आर्थिक समृद्धि र सुखी नेपालीको’ नारालाई सार्थक बनाउने दरिलो आधार नै पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको धारणा व्यक्त गरे ।

पुस २७ गते, २०७५ - १६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चलचित्र ‘जिस्म-२’ को टिजर सार्वजनिक, ग्ल्यामरको दृश्य समाबेश (हेर्नुहाेस् भिडियाे)

चलचित्र ‘जिस्म-२’ को टिजर सार्वजनिक, ग्ल्यामरको दृश्य समाबेश (हेर्नुहाेस् भिडियाे)

काठमाडौँ । चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट...   

अधिकांश स्थानमा वर्षा र हिमपात, अझै चिसो बढ्ने

काठमाडौँ। पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको...   

गुणस्तर सुधार्दै टेलिकम

बागलुङ। धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार...   
डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

डाभोसमा नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला, प्रधानमन्त्री ओलीले के भने ?

स्वीटजरल्याण्ड। विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्,...   

क्रिस्टियानो रोनाल्डोलाई करछली मुद्दा, १ करोड ८८ लाख युरो जरिवाना

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न मड्रिडस्थित...   
काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौंमा बर्षा, हेर्नुहोस् चन्दागिरी र फूलचोकीमा हिउँ

काठमाडौं । मंगलबार राति देखि नै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ , साथै देशका विभिन्न...   
११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

११ हजार भोल्टको करेन्ट लागेर दुवै हात-खुट्टा गुमाएका हरिकाजी भन्छन् ‘म पनि कृष्ण ओली भाइ झै हाँस्न चाहान्छु !’ शेयर गरेर सहयोगी हात सम्म पुर्यायौं

अति दुर्गम हिमाली बारीको भित्तामा टाँसिएको एकतले झुप्रे घर । आफु बस्नेसँगै जोडेर बनाइएको बाख्रोको...   

अण्डाको सस्तो पसल खुल्दै, अब कति रुपैंयाँमा पाइन्छ ?

चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा...   

गौशालाबाट एक भारतीयसहित दुई जना पक्राउ

गौशाला। भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित...   

हुम्लामा पहिलो पटक हिउँमा चिप्लेटी

हुम्ला। हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top