Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

धाम सुकाउनु पाप हो !

बेत्रावती। धाम सुकाउनु भनेको पाप हो,” सयौं हस्ताक्षरको बीचमा कृष्ण दर्जीले उक्त वाक्य लेखेर बेत्रावती (उत्तरगया) जोगाउने अभियानमा ऐक्यबद्धता जनाउँदै सेतो कपडामा हस्ताक्षर गरे । कल्पना दर्जीले पनि हस्ताक्षर गरेर अभियानमा समर्थन जनाए । “यस्ता धरोहरलाई जोगाउन सबै एकजुट हुनुपर्छ” दर्जीले थपे । पुसे औँंसीका दिन तीर्थयात्रीले भरिभराउ बेत्रावतीको तीन ठाउँमा चलाइएको अभियानमा हस्ताक्षर गर्नेहरुको भिडभाड थियो । नजिकै बन्न लागेको जलविद्युत् आयोजनाका कारण धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती (उत्तरगया)को अस्तित्व खतरामा पर्ने भन्दै बचाउनका लागि स्थानीयवासीले विभिन्न अभियान चलाउँदै हारगुहार गरेका छन् । बेत्रावतीको केही माथिबाट पानी लगेर जलविद्युत् आयोजना निर्माण गर्दा बेत्रावतीमा पानी सुक्ने भएकाले हिन्दू र बौधमार्गीको पवित्र तीर्थस्थल उत्तरगया प्रभावित हुने स्थानीयवासीको धारणा छ । खोलो सुकाउन नहुनेमा सबै एकमत देखिछन् । सङ्घर्ष समिति बनाएर स्थानीयवासीले धामको पक्षमा हस्ताक्षर अभियान चलाएका छन् । डोको नाम्लो बोकेर धाम आइपुगेका तीर्थयात्रीले अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । सङ्कलित हस्ताक्षर सरकारलाई बुझाउने बताइएको छ । यसअघि त्रिशूलीमा बनेका कुनै पनि आयोजनाको विरोध नगरेको तर धार्मिक सम्पदामै आँच आउने काम हुन लागेकाले बाध्य भएर विरोध गर्नुपरेको उत्तरगया बचाउ सङ्घर्ष समितिका अध्यक्ष ओमप्रकाश घिमिरेले बताए । “हामी विकास विरोधी होइनौँ, सम्पदा बचाउन लागेका हौँ, धार्मिक धाम मार्न हुन्न, कुनैपनि हालतमा वेत्रावती सुक्ने गरी जलविद्युत् आयोजना बनाउन दिँदैनौँ,” संयोजक घिमिरेले भने । स्थानीयवासी कृष्णप्रसाद आचार्यले विश्वको चारधाममध्येको एक धाम उत्तरगया भएकाले तीर्थमा आक्रमण नगर्न आग्रह गरे । उनले पानी नभए त्रिवेणी धामको महत्व नै नरहने जिकिर गर्दै यसलाई जोगाउन सरकारसँग अग्रह गरे । विसं १८४९ असोजमा नेपाल–तिब्बत सन्धि भएको स्थानका कारण बेत्रावतीको ऐतिहासिक महत्व छ । गोसार्इंकुण्डबाट बग्ने त्रिशूली, भैरव कुण्डबाट आउने रुद्र गङ्गा र त्यहीँ महादेवले बेतको लौरो गाड्दा उत्पन्न भएको बेत्रगङ्गाको सङ्गम उत्तरगया (बेत्रावती) लाई कुनै तहरबाट पनि खतरा पैदा गराउने काम सहन नसकिने सङ्घर्ष समितिका सहसंयोजक शिवप्रसाद लामिछानेले उल्लेख गर्नुभयो । । हजारौँ हिन्दू र बौधमार्गीले एकै ठाउँमा एकै साथ पितृ तर्पण ९श्राद्ध० गर्ने नेपालकै उच्च धाम हो बेत्रावती । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल तिब्बतसँग सन्धि भएको ऐतिहासिक र शिवले बेतको लौरो गाडेर पानी निकालेको धार्मिक क्षेत्र र हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरलाई जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गरे । उनले उत्तरगयालाई असर पार्ने कुनैपनि आयोजना निर्माण गर्न नदिने गाउँपालिकाले निर्णय नै गरिसकेको बताए । बेत्रावतीमा स्नान गरे पाप बन्धनबाट मुक्त हुने, दुःख नाश हुने र स्नान गरी भोजन गरेमा मुक्तिको भागी भइन्छ भन्ने जनविश्वास छ । जप र होम गरेमा वाराणासीको चन्द्रायण व्रत गरे सरहको फल पाइन्छ र देव र पितृलाई खुशी तुल्याउन बेत्रावती श्रेष्ठ तीर्थस्थल हो, भनेर पुराणमा उल्लेख रहेको पण्डित बताउँछन् । यति महत्वपूर्ण क्षेत्रलाई जोगाउनु पर्ने मत उनीहरुको छ । रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य रसुवाका जनताले खोजेको कुरामा आफ्नो साथ रहेको उल्लेख गर्दै अन्य ठाउँमा जलविद्युत् आयोजना बनाए पनि धार्मिक क्षेत्रलाई अतिक्रमण गर्न नहुने बताउछन् । “धार्मिक पर्यटनले पनि पैसा आर्जन हुन्छ । भन्ने कुरा सरकारले भुल्यो, जलविद्युत्ले मात्रै आम्दानी बढाउने होइन” आचार्यले भने । प्रदेशसभा सदस्य प्रेम तामाङले उत्तरगया बचाउन कोट र सांसदको लोगो खोलेर सडकमा आउने चेतावनी दिए । परफेक्ट डेभलभमेन्ट इनर्जी प्रालिले यहाँको अक्करे भन्ने स्थानमा १९ दशमलव ४१ मेगावाटको मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना बनाउन लागेको छ । प्रारम्भिक काम सकेर अहिले बैंकिङ प्रक्रियामा रहेकाले आगामी तीन महीनाबाट फिल्डमै काम थाल्ने आयोजनाले जनाएको छ । रु पाँच अर्बको लागतमा निर्माण हुने सो आयोजना त्रिशूली ३ बी बाट खसेको पानीलाई बाँध बाँधेर तीन हजार ४०० मिटर तल अक्करेमा विद्युत् गृह बनाइने छ । उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोल एकातर्फ बेत्रावती संरक्षणका लागि राज्यले करोडौंँ विनियोजन गर्ने, अर्का तर्फ जलविद्युत् आयोजना बनाउन दिएर अस्तित्व खतरामा पार्ने काम भएको बताउनुहुन्छ । आयोजना बनाउनु हुँदैन भनेर ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई समेत ध्यानाकर्षण गराइसकेको उनको भनाइ छ । स्थानीयवासीले गएको सात वर्षदेखि विरोध गर्दै आए पनि सुनुवाइ नभएको उनले बताए। परफेक्ट डेभलभमेन्ट इनर्जी प्रालिका अध्यक्ष भरत खड्काले उत्तरगयाको विकासमा कुरा उठाउने र गुरुयोजना निर्माण गरेर विकास गर्न लागेको मान्छे आफैँ भएको दाबी गर्दैै बेत्रावती सुकाउने भन्ने हुनै नसक्ने बताउछन् । फलाखु र सुकौरे खोलाको पानी यथावत् रहने भएकाले पनि कुनै समस्या नपर्ने उनको भनाइ छ । आवश्यक परे विज्ञ खोजेर कति पानी चाहिन्छ त्यसको मूल्याङ्कन गर्न सकिने तर्क खड्काको छ । आवश्यक पर्दा विद्युत् गृह नै बन्द गर्न समेत सकिने उल्लेख गर्दै खड्काले भने , “इतिहासले सराप्ने काम गरिँदैन ।” उनले अन्य कारण विरोध भएको हुन सक्ने सङ्केत गरेपनि के कारण भनेर खुलाउनु भएन । यस आयोजनाभन्दा माथि एक दर्जन बढी जलविद्युत् आयोजना रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies