Khabar Dabali Logo
  May 26, Tue

आधुनिक प्रविधिको कारण मानव बेचबिखन ह्वात्तै बढ्यो

बाँके। बाँके जिल्लाबाट मानव बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिइ ९१८ जनालाई पारिवारिक मिलन गराइएको छ ।

पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरेर महिला, युवती र बालबालिकालाई प्रलोभनमा पारी रोजगारीका नाममा मानव तस्करी हुने गरेको र सामाजिक सञ्जाल तथा इमोको प्रयोगबाट यस्ता कार्य भइरहेको पाइएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको आगामी दिनको कार्य योजना तथा व्यवस्थापनमा सुधार ल्याइने नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले बताए ।

मानव बेचबिखन गम्भीर फौजदारी अपराध हो । मानिसलाई किन्ने वा बेच्नेलाई नेपालको कानूनले २० वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ । मानिसलाई किन्ने वा बेच्ने उद्देश्य राखी अन्यत्र लैजाने र कारोवार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने कानून व्यवसायी अधिवक्ता वसन्त गौतमले बताए ।

मानव बेचबिखनमा प्रायः महिला तथा बालबालिका नै पर्ने गर्दछन् । उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाले पनि महिला र बालबालिकाकै विषयमा काम गर्ने हुनाले मानव बेचबिखन नियन्त्रणमा यो शाखाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उक्त शाखाले मानव बेचबिखन नियन्त्रणका लागि योजना बनाइरहेको उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले बताए ।

नेपालमा मानव बेचबिखनको सवाल जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । राष्ट्र र महिला दिदीबहिनीको इज्जत र अस्मितासँग जोडिएको यो सवाल राजनीतिको प्रमुख मुद्दा बन्न नसकेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए मानव बेचबिखनको प्रभावकारी व्यवस्था नहुँदा वर्षेनी सयाँै नेपालीले समस्या झेल्दै आएका छन् ।

पुस २७ गते, २०७५ - १५:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बादी समुदायलाई कोरोनाभन्दा भोकको चिन्ता

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा...   
कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक, यी हुन् सर्वाधिक असर परेका मुलुकहरु

कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक, यी हुन् सर्वाधिक असर परेका मुलुकहरु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको...   

सीमामा बसोबास गर्ने नेपालीको मानव अधिकार संरक्षण गर्न सरकारलाई सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार...   
मण्डलको हत्या आरोपित सातजविरुद्ध उजुरी

मण्डलको हत्या आरोपित सातजविरुद्ध उजुरी

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना...   
नेपालमा निम्न चापीय प्रणालीको प्रभाव : अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालमा निम्न चापीय प्रणालीको प्रभाव : अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव...   

जेठ ४ गते मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि, शव परिवारले जलाइसके

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एका जनको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या...   
काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ जिल्लामा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य...   
थप ७२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

थप ७२ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौँ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या...   

महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ । स्थानीय...   

कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडक

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top