Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

जाडो छल्ने साहारा नै घुर बन्यो महोत्तरीका दलितको

बर्दिवास। रमुआ हाथ, गोड ठिठूरगेल, कनि घुर सुन्गो न...” (रमुआ हात, गोडा कठङ्ग्रिएको छ, घुर (पतिङ्गर थुपारिएर बालिएको आगो)बाल्न), महोत्तरी भङ्गाहा नगरपालिका–६ हतिसर्वाको मदनपट्टीस्थित मुसहरीटोलकी भुठ्ठी सादाले छोरा रमुआलाई अह्राए । ओढ्ने, ओछ््याउने र लगाउने न्यानो लुगा नहुँदा पुस अन्त्यको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने घुर बन्ने गरेको छ । सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काइएको घुरमा निस्कने धुवाँ गनाउने धुवाँबीच चारैतिर बसेर न्यानो खोजी गर्नु जाडो महीनाभरी मुसहरको बिहानीको दैनिकीजस्तै बनेको छ । ‘न राख्ने धन, न साच्ने अन्न’ आगनमा उभ्याइने गरिएका मुसहर अहिले थुरथुर मुटु कमाउने पश्चिमी सिरेटो लगातार आइ रहेपछि न्यानो कपडा र पोसिलो खानेकुरा नहुँदा बाक्लो धुवाँको मुस्लो निस्कने घुर ९पातपतिङ्गर बटुलेर आगो बालिएको ठाउँलाई यहाँ घुर भनिन्छ० वरीपरी बसेर न्यानो खोज्न विवश भएका हुन् । जिल्लाका बर्दिवास नगरपालिकाका बर्दिवास, विजलपुरा, मेघरोल होस् कि भङ्गाहा नगरपालिकाका रामनगर, भङ्गाहा, सकरी, सिद्धपुर, बखरी, मदनपट्टी, धर्मपुर वा हरिनमरीका मुसहर जातिका दलित बस्ती हुन्, सबै मुसहर बस्तीमा जाडोको साझा साहारा ‘घुर’ नै देखिन्छ । जिल्लामा यि बाहेक लोहारपट्टी नगरपालिकाका डोठारा, पिपराढी बलवा नगरपालिकाका भगवतीपुर, धमौरा, गौशाला नगरपालिकाका रजखोर, मनर्वा, भरतपुर, औरही नगरपालिकाका भोइल, टिम्कीया, अग्लेसरा, रामगोपालपुर नगरपालिकाका महनपुर, बिसबिट्टी र एकडारा गाउँपालिकाका भटौलिया र बथनाहा मुसहर जातिका सघन बसोवास भएका बस्ती मानिन्छन् । यि सबै बस्तीमा जाडो छल्ने घुर नै सबैको सहारा हुने मुसहर आफैं बताउँछन् । स–साना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका घुर नै मुसहरको जाडोबाट बच्ने उपलब्ध उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहरका अतिरिक्त बाँतर, चमार, दुसाध, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा पनि घुर ओरीपरी बुढाखाडा, बालबालिका र महिला एकैठाउँ हात फैलाएर न्यानो खोजी रहेका भेटिन्छन् । खासगरी मुसहर र बाँतर बस्तीमा घुरको चलन बाक्लो देखिन्छ । किशोर र तन्नेरी यी बस्तीमा देखिदैनन् । १३÷१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाव, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर १” भङ्गाहा नगरपालिका–४ का मुसहर बस्तीको माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका बदरिया सादाले लामो खोकीबीच नै भन्नुभयो, “उनीहरु त पञ्जाव गए’छन् ।” किशोर र तन्नेरी पञ्जाव नगए मुखमा माड नलाग्ने बदरिया सादाको थप भनाइ छ । महोत्तरीसहितका पूर्वीमध्ये तराईमा वर्षेनी हिँउदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो बेला न्यानो कपडा लगाउनपर्ने, घर बाहिर ननिस्कने र पोसिलो तथा ताजा खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । तर चरम गरीबी र अशिक्षाले रुमलेको मुसहर, बाँतरसहितका दलित बस्तीमा यो सन्देश नपसेको महोत्तरी बर्दिवास–१२ विजलपुराका मुसहरीटोल नजिकका शिक्षक रमेश कोइराला बताउँछन् । दलित बस्तीका बासिन्दा राम्रो, मीठो खानुपर्छ र न्यानो लुगा लगाउनुपर्छ भन्ने थाहा भए पनि गरीबीले जुटाउन नसक्दा मात्र दुःख खेपिएको बताउँछन् । “न्यानो लुगा लगाउने, जाडोमा घरबाहिर ननिस्कने र पोसिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन नि हजुर १” भङ्गाहा–४ पलारको वातरटोलकी सियान्की बाँतर र दरिता मेस्तरले भने, “सबै कुरा पैसाले नै गर्ने रे’छ, अब जाडोमा बाहिर ननिस्कने भनेर घर बसे लालाबालाको मुखमा माड कसरी लाग्ला रु” पछिल्ला पाँच÷छदिनयता चिसो बढेर बनिबुतो गर्न जान नसक्दा जाउलो खाने सर्दाम घरमा रित्तिएको सियान्कीको थप भनाइ छ । लगातार बढेको जाडोबाट बच्न दलित बस्तीमा सल्काइएका घुर ताप्दा त्यसबाट निस्कने विषक्त धुवाँले श्वासप्रश्वासका बिरामी झन् थपिएका छन् । “चिसोमा त्यसै पनि स–साना बालबालिका, महिला र बुढापाकालाई निमोनियाले गाज्ने गर्छ” बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले भन्नुभयो, “झन् धुवाँ रुमलिएको घुर ताप्न बस्दा श्वासप्रश्वासका बिरामी झन् बढ्ने नै भए ।” राम्ररी नसुकेको पतिङ्गर, झुत्रा सडकमा फालिएका चिथ्रा र प्लाष्टिक बाल्दा त्यसबाट निस्केको धूवाँले यस्ता बिरामी अझ बढेको डा अधिकारीको निष्कर्ष छ । विशेषगरी दलित बस्तीका बुढापाका, सुत्केरी महिला र स–साना बालबालिकामा रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासको समस्या बढेको जिल्ला अस्पताल र अन्य निजी स्वास्थ्य संस्थाले जनाएका छन् । पुस सकिएर माघ लाग्नैलाग्दा जाडो झन् छिप्पिएको छ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा पछिल्ला तीन दिनयता घाम अक्कलझुक्कल मात्र देखिने गरेको छ । एका बिहानैदेखि लगातार बही रहेको चिसो सिरेटोले गर्दा बनिबुतो गरेर जीवन चलाउने गरीब श्रमिक सकसमा परेका छन् । चिसो ह्वात्तै बढेपछि जिल्लाका अधिकांश स्थानीयतहमा पुस २५ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएको छ । जाडो निक्कै बढेर स–साना नानी विद्यालय आउन पातलीएपछि नगरक्षेत्रका विद्यालयमा पाँच दिनको बिदा दिएको बर्दिवास नगरपालिका, शिक्षा शाखाका प्रमुख जयराम अधिकारीले जानकारी दिए । चिसो बढेसँगै खानपान, आहारव्यहारमा राम्रो ख्याल राख्न चिकित्सक र स्वास्थ्यकर्मीले सुझाएका छन् । यसैगरी चिसोले बढी प्रभावित देखिएका गरीब र दलित बस्तीमा चिसो पतिङ्गरको ‘घुर’ विस्थापित गर्न राम्रो सुकेको दाउरा वितरणको चाजो मिलाउन, स्वास्थ्यकर्मी टोली परिचालित गर्न र पोसिलो खानेकुराको जोहो गर्न स्थानीय तह (नगरपालिका र गाउँपालिका) ले पहलकद्मी लिनुपर्ने भनाइ बुद्धिजीवीको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies